शनिबार, साउन १० गते २०८२    
शनिबार, साउन १० २०८२
images
images

निसान म्यागनाइटले पायो ग्लोबल एनसीएपीमा फाइभ स्टार सेफ्टी रेटिङ

images
शुक्रबार, साउन ९ २०८२
images
images
निसान म्यागनाइटले पायो ग्लोबल एनसीएपीमा फाइभ स्टार सेफ्टी रेटिङ

नयाँ म्यागनाइटको सुरुवाती मूल्य ३४ लाख ७५ हजार रुपैयाँ तोकिएको थियो।

images

काठमाडौं- गएको फागुन दोस्रो साता नेपाली बजारमा सार्वजनिक भएको निसानको म्यागनाइटले ग्लोबल एनसीएपीमा फाइभ स्टार सेफ्टी रेटिङ पाएको छ। फाइभ स्टार सेफ्टी रेटिङ पाएको निसान म्यागनाइटको फेसलिफ्ट भर्सन हो। 

images
images

ग्लोबल न्यु कार एसिसमेन्ट प्रोग्राम(एनसीएपी)मा यसअघि फोर स्टार पाएको म्यागनाइटको फेसलिफ्ट भर्सनले भने फाइभ स्टार पाएको छ। नेपाली बजारमा निसान गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्प प्रालिले गएको फागुनमा निसान म्यागनाइटको नयाँ फेसलिफ्ट संस्करण सार्वजनिक गरेको थियो। 

images
images

यो नयाँ म्यागनाइटको सुरुवाती मूल्य ३४ लाख ७५ हजार रुपैयाँ तोकिएको थियो। नयाँ म्यागनाइट अझ ‘बोल्डर’ डिजाइन, उत्कृष्ट सुरक्षा विशेषताहरू र अत्याधुनिक प्रविधिसहित आएको छ, जसले उत्कृष्ट मूल्यलाई कायम राख्दै अतुलनीय ड्राइभिङ अनुभव दिने कम्पनीको भनाइ छ। 

images
images
images

म्यागनाइट लाइनअप चारवटा ‘रिफ्रेस्ड’ भेरियन्टमा उपलब्ध रहेको र टप भेरियन्टको मूल्य ५२ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। 

नयाँ निसान म्याग्नाइट फेसलिफ्टले ४० भन्दा बढी स्ट्यान्डर्ड सुरक्षा विशेषताहरू र कुल ५५ सुरक्षा सुधारहरूसहित सुरक्षाको नयाँ मापदण्ड स्थापित गरेको छ। यसको ‘हाइ-टेन्साइल स्टिल केज बडी’ र ‘इम्प्याक्ट-अबजोर्विङ कम्पोनेन्ट’हरूले उत्कृष्ट सुरक्षा प्रदान गर्दछ। यसमा ६ वटा एयरब्याग उपलब्ध छन्। 

एसयूभीको सुन्दरता वा एस्थेटिक्समा नयाँ म्यागनाइटले नयाँ उचाई लिएको छ। अझ प्रभावशाली उपस्थितिको डिजाइनसहित आएको यो गाडीमा ‘बिगर एन्ड बोल्डर’ ‘डुअल-टोन ग्रिल’, ‘फ्लोटिङ स्किड प्लेट’, र श्रेणी उत्कृष्ट ‘थ्रिडि हनिकम्ब ग्रेडियन्ट इफेक्ट’सहितको ‘एलइडि टेल ल्याम्प’ रहेका छन्। 

यसमा विशेष ३६० लेदर प्याक समावेश छ, जसमा ‘लेदरेटले मोडिएको ड्यासबोर्ड’, लेदरेट सिटहरू, साथै ढोका, पार्किङ ब्रेक लिभर, स्टेयरिङ र अगाडिको आर्मरेस्टमा लेदरेट ट्रिमहरू रहेका छन्। निसान म्यागनाइटले सेगमेन्टमा पहिलो र श्रेणी उत्कृष्ट नवप्रवर्तनको नेतृत्व गर्दै उत्साहजनक र प्रविधिमैत्री ड्राइभिङ अनुभव दिने कम्पनीको भनाइ छ।  

‘बिग, बोल्ड, एन्ड ब्युटिफुल’ निसान म्यागनाइटले एसयूभी सेगमेन्टमा निरन्तर नयाँ मापदण्ड कायम गर्दै आएको छ र प्रिमियम विशेषताहरूलाई सहज मूल्यमा उपलब्ध गराउँदै आएको छ। नयाँ म्याग्नाइटले नवप्रवर्तन तथा ग्राहक केन्द्रित डिजाइनप्रतिको आफ्नो प्रतिबद्धता कायम राखेको छ। 

पहिलो पटक सन् २०२० को डिसेम्बरमा विश्वव्यापी रूपमा र सन् २०२१ मा नेपाली बजारमा सार्वजनिक गरिएको यो गाडीले हालसम्म समग्र १ लाख पचास हजार वटाभन्दा बढी बिक्री पार गरिसकेको छ। निसान म्याग्नाइटले अन्तर्राष्ट्रिय बजारमा प्राप्त गरेको यो सफलताले निसानको ‘वन कार, वन वर्ल्ड’ रणनीतिलाई प्रतिबिम्बित गर्छ।


प्रकाशित : शुक्रबार, साउन ९ २०८२११:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend