शुक्रबार, साउन ८ गते २०८३    
शुक्रबार, साउन ८ २०८३

राष्ट्र बैंकले सेयर बजारलाई अनुत्पादक क्षेत्रमा गणना गर्ने त्रासले बजार झनै घट्यो

आइतबार, फागुन ८ २०७८
राष्ट्र बैंकले सेयर बजारलाई अनुत्पादक क्षेत्रमा गणना गर्ने त्रासले बजार झनै घट्यो

काठमाडौं- नेपाल राष्ट्र बैंकको मौद्रिक नीति समीक्षामा सुधार कुरेका लगानीकर्ता निराश हुँदा नेप्से परिसूचक घटेको छ। मौद्रिक नीतिको समीक्षा स्थिर रहँदा पनि लगानीकर्ता विश्वस्त नहुँदा सेयर बजार ओरालो लागेको छ।

गत बिहीबार नेपाल राष्ट्र बैंकले ६ महिनाको मौद्रिक नीतिको समीक्षा सार्वजनिक गरेको थियो। समीक्षामा स्थिर राखे पनि अनुत्पादक क्षेत्रको रुपमा घरजग्गा र सेयरलाई राख्ने त्रासका कारण सेयर बजार घटेको हो। 

साताको पहिलो दिन आइतबार नेप्से परिसूचक ३९.४० अंकले घट्दा २६९३.१० बिन्दुमा आइपुगेको छ। ४ अर्ब ८ करोड ६४ लाख रुपैयाँको काराबोरमा ७१ लाख २२ हजार कित्ता किनबेच भएको छ। जसमा सबैभन्दा धेरै लाभांश घोषणा गरेको जीवन लघुवित्तको सेयरमा लगानीकर्ता झुम्मिदा ५८ करोड २ लाख रुपैयाँको कारोबार भएको छ।  

वाणिज्य बैंकहरूले ब्याज बढाउनुको साथै राष्ट्र बैंकले ल्याउने मौद्रित नीतिको समीक्षाका कारण लगानीकर्ता त्रसित हुँदा सेयर बजार घटेको हो। 

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/०७९ लाई मौद्रिक नीति सार्वजनिक गर्दै लागु गरेको सेयर कर्जामा यथावत राख्ने निर्णय गरेको छ। राष्ट्र बैंकले सेयर कर्जामा व्यक्तिगततर्फ ४ करोड र संस्थागत तथा पारिवारिक कर्जामा १२ करोडको सीमा तोकेको थियो। 

गत साताको अन्तिम कारोबारको दिन बिहीबार बजार १.९३ अंकले घटेर २७३२.५२ अंकमा सीमित भएको थियो। कारोबार रकम पनि बिहीबार घटेको थियो। २ अर्ब २६ करोड रुपैयाँको मात्र सेयर किनबेच भएको थियो। 


प्रकाशित : आइतबार, फागुन ८ २०७८०९:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend