शुक्रबार, साउन ९ गते २०८२    
शुक्रबार, साउन ९ २०८२
images
images

काठमाडौं, शिन्डलरको नयाँ लिफ्ट मोडेल ‘शिन्डलर ५०००’ नेपाली बजारमा सार्वजनिक

images
बिहीबार , साउन ८ २०८२
images
images
काठमाडौं, शिन्डलरको नयाँ लिफ्ट मोडेल ‘शिन्डलर ५०००’ नेपाली बजारमा सार्वजनिक
images

काठमाडौं- स्वीस बहुराष्ट्रिय कम्पनी शिन्डलरले आफ्नो नयाँ अत्याधुनिक लिफ्ट मोडेल ‘शिन्डलर ५०००’ नेपाली बजारमा सार्वजनिक गरेको छ। नेपालका शहरी भवनहरूको प्रवृत्ति र आवश्यकतालाई ध्यानमा राख्दै ल्याइएको यो लिफ्ट व्यावसायिकदेखि आवासीय प्रयोगसम्मका लागि उपयुक्त रहेको कम्पनीले जनाएको छ।

images
images

शिन्डलर ५००० लिफ्टमा लचिलो डिजाइन, स्मार्ट प्रविधि, ऊर्जा दक्षता र डिजिटल सञ्चालन क्षमताजस्ता सुविधाहरू समावेश छन्। कम्पनीका अनुसार, यो मोडेल न्यूनदेखि मध्यम उचाइ भएका भवनहरूमा प्रयोग गर्न सकिने गरी विश्वभर प्रयोगमा ल्याइँदै आएको छ।

images
images

कम्पनीले थप जानकारी दिँदै भन्यो कि शिन्डलर ५००० लिफ्ट एकपटकमा ६८० केजीदेखि १३६० केजीसम्म भार बोक्न सक्षम छ। यस लिफ्टको अधिकतम गति दुई दशमलव पाँच मिटर प्रतिसेकेन्ड रहेको छ र यो अधिकतम ३० तलासम्म सेवा दिन सक्छ। एक वा दुईतर्फी प्रवेशद्वारको विकल्प पनि उपलब्ध छ, साथै अधिकतम आठओटासम्म समूहमा एकैसाथ सञ्चालन गर्न सकिनेछ।

images
images
images

'हाम्रो नयाँ मोडेलमा गन्तव्य नियन्त्रण प्रणाली, कम ऊर्जा खपत गर्ने प्रणाली र स्मार्ट मर्मत प्रविधिहरू जस्ता उन्नत सुविधा छन्,' कम्पनीले भन्यो, 'यी सुविधाले प्रयोगकर्ताको समग्र अनुभवको स्तर बढाउँछ, ऊर्जा खपत घटाउँछ र लिफ्ट छिट्टै बिग्रिहाल्ने हुँदैन।'

‘शिन्डलर ५०००’ लिफ्टको अर्को विशेषता यसको ‘स्मार्ट’ प्रणाली हो, जसमा इन्टरनेट अफ थिङ्स (आईओटी) सुविधा समावेश गरिएको छ। यस मार्फत ‘शिन्डलर अहेड’ नामक डिजिटल प्लेटफर्ममा लिफ्टको अवस्था र सम्भावित समस्या पहिल्यै पत्ता लगाउन सकिन्छ, जसले मर्मत सम्भार प्रक्रिया छिटो र सस्तो बनाउँछ।

यस लिफ्टको ‘एक्सन बोर्ड’ प्रणालीले रियल टाइममा लिफ्टको सञ्चालन, ऊर्जा प्रयोग र मर्मत समयको जानकारी प्रदान गर्दछ। यसले व्यवस्थापन पक्षमा पारदर्शिता र चुस्ती ल्याउने विश्वास कम्पनीले व्यक्त गरेको छ।

शिन्डलरले यस लिफ्टलाई वातावरणमैत्री मोडेलको रूपमा प्रस्तुत गरेको छ। एलईडी प्रकाश व्यवस्था, स्ट्यान्डबाई मोड र न्यून कम्पन प्रविधि जस्ता विशेषताहरू पनि यसमा समावेश गरिएको छ।

कम्पनीले अनलाइन डिजाइन टुल पनि सार्वजनिक गरेको छ, जसले भवन योजनाकार, इन्जिनियर र विकासकर्तालाई डिजिटल रूपमा आवश्यक डिजाइन, मापदण्ड र कागजात तयार गर्न मद्दत पुर्याउँछ।

शिन्डलर ५००० लिफ्टको विक्री नेपालमा यसको आधिकारिक विक्रेता, एलिभेटिङ सलुशन प्रालिले शुरू गरेको छ। कम्पनीका निर्देशक मनोज भन्सालीले यस लिफ्टको विक्रीमा नयाँ ग्राहकहरूलाई आकर्षित गर्ने विश्वास व्यक्त गरेका छन्।

शिन्डलर इन्डिया प्रालिका सिनियर म्यानेजर तुसार कुमारले नेपालमा नयाँ शुरुआत भएको र यसको सम्भावना रहेको बताएका छन्। उनले नेपालमा शिन्डलरका एलिभेटर र एस्कलेटरबाट द्रुत, सुरक्षित र गुणस्तरीय सेवा उपलब्ध हुने दाबी गरेका छन्।


प्रकाशित : बिहीबार , साउन ८ २०८२१३:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend