बिहीबार , असार ४ गते २०८३    
बिहीबार , असार ४ २०८३

तोलामा दुई हजार चारसय रूपैयाँले घट्यो सुनको मूल्य

बिहीबार , साउन ८ २०८२
तोलामा दुई हजार चारसय रूपैयाँले घट्यो सुनको मूल्य

बिहीबार सुनको मूल्य प्रतितोला दुई हजार चारसय रूपैयाँले घट्दा चाँदी पनि प्रतितोला १५ रूपैयाँले सस्तिएको छ।

काठमाडौं- बुधबार दुई हजार एकसय रूपैयाँले बढेको सुनको मूल्य बिहीबार प्रतितोला दुई हजार चारसयले घटेको छ।

बिहीबारका लागि सुनको मूल्य प्रतितोला एक लाख ९५ हजार दुईसय रूपैयाँ तोकिएको छ।

नेपाली बजारमा बुधबार सुन प्रतितोला एक लाख ९७ हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, चाँदी पनि आज प्रतितोला १५ रूपैयाँले सस्तिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार चाँदी आज प्रतितोला दुई हजार ३ सय ३५ रूपैयाँमा कारोबार भइरहेको छ।

बुधबार भने चाँदी प्रतितोला २ हजार ३ सय ५० रूपैयाँमा कारोबार भएको थियो।


प्रकाशित : बिहीबार , साउन ८ २०८२११:२७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend