बिहीबार , असार ४ गते २०८३    
बिहीबार , असार ४ २०८३

एनसेल सधैँ अन रिन्युअल : विद्यार्थीहरुलाई अनलिमिटेड फेसबुक, टिकटक र युट्युब पनि

बुधबार, साउन ७ २०८२
एनसेल सधैँ अन रिन्युअल : विद्यार्थीहरुलाई अनलिमिटेड फेसबुक, टिकटक र युट्युब पनि

करसहित ३९९ रूपैयाँ र सोभन्दा माथिका मासिक शुल्कमा उपलब्ध हुने यी प्लानहरुमा विविध अनलिमिटेड सेवाहरू पाइन्छ।

काठमाडौं- एनसेलले विद्यार्थीहरूका लागि ‘सधैँ अन रिन्युअल’ प्लानहरु सञ्चालनमा ल्याएको छ।

२०८१ को माध्यमिक शिक्षा परीक्षा (एसइई) दिएका लगायत सबै विद्यार्थीहरूलाई लक्षित यो स्टार्टर प्लान अफरले सुलभ दरमा मनोरञ्जनका साथै दूरसञ्चार सेवामा पहुँच सुनिश्चित गर्ने एनसेलले जनाएको छ।

करसहित ३९९ रूपैयाँ र सोभन्दा माथिका मासिक शुल्कमा उपलब्ध हुने यी प्लानहरुमा अनलिमिटेड फेसबुक, अनलिमिटेड टिकटक, अनलिमिटेड युट्युब, लाइन्सगेट प्लेमा निःशुल्क प्रिमियम सामग्रीको पहुँच, अनलिमिटेड नाइट डेटा र प्याकमा समावेश अन्य सेवाहरू पाइन्छ।

उदाहरणका लागि ३९९ रूपैयाँको सधैँ अन रिन्युअल प्लानमा विद्यार्थीहरूले ३० दिनको लागि ३९९ मिनेट अल नेपाल कल टक टाइम, ८ जीबी डेटा र ३९ वटा अल नेपाल एसएमएस बन्डल भएको सेवाहरु पाउँछन्। त्यसैगरी, यदि विद्यार्थीहरुले ५९९ रूपैयाँको सधैँ अन रिन्युअल लिएमा उनीहरुले ५९९ मिनेट अल नेपाल टक टाइम, २० जीबी डेटा र ५९ वटा अल नेपाल एसएमएस सेवाहरु पाउँछन्।

यो योजनाअन्तर्गतको सिम वा ई-सिम लिन विद्यार्थीहरूले आफ्नो पासपोर्ट साइजको फोटो, विद्यार्थी परिचयपत्र र आफ्नो वा आमाबुवाको नागरिकताको प्रतिलिपिसहित नजिकको कुनै पनि एनसेल सेन्टर वा आधिकारिक बिक्रेताकोमा जान सक्छन्।


प्रकाशित : बुधबार, साउन ७ २०८२१७:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend