बिहीबार , असार ४ गते २०८३    
बिहीबार , असार ४ २०८३

प्रतितोला दुई हजार एकसय रूपैयाँले बढ्यो सुनको मूल्य

बुधबार, साउन ७ २०८२
प्रतितोला दुई हजार एकसय रूपैयाँले बढ्यो सुनको मूल्य

बुधबार सुनको मूल्य प्रतितोला दुई हजार एकसय रूपैयाँले वृद्धि हुँदा चाँदी पनि प्रतितोला ३० रूपैयाँले महँगिएको छ।

काठमाडौं- बुधबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला दुई हजार एकसय रूपैयाँले वृद्धि भएको छ।

मंगलबार प्रतितोला एक लाख ९५ हजार ५ सय रूपैयाँमा कारोबार भएको सुनको मूल्य बुधबारका लागि प्रतितोला एक लाख ९७ हजार ६ सय रूपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

चाँदीको मूल्य पनि बुधबार प्रतितोला ३० रूपैयाँले बढेको छ। महासंघका अनुसार आज चाँदी प्रतितोला दुई हजार ३ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

यो साता मंगलबार चाँदी प्रतितोला २ हजार ३ सय २० रूपैयाँमा कारोबार भएको थियो।


प्रकाशित : बुधबार, साउन ७ २०८२११:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend