बिहीबार , असार ४ गते २०८३    
बिहीबार , असार ४ २०८३

भक्तपुर इन्टरनेसनल हस्पिटलमा एनआईसी एसिया बैंकका ग्राहकले २० प्रतिशतसम्म छुट पाउने

मंगलबार, साउन ६ २०८२
भक्तपुर इन्टरनेसनल हस्पिटलमा एनआईसी एसिया बैंकका ग्राहकले २० प्रतिशतसम्म छुट पाउने

यस सहकार्यले ग्राहकहरुको स्वास्थ्योपचार र डिजिटल भुक्तानी सेवालाई प्रवर्द्धन गर्न सहयोग पुग्ने विश्वास बैंकको छ।

काठमाडौं- एनआईसी एसिया बैंकका ग्राहकले भक्तपुर इन्टरनेसनल हस्पिटलको सेवासुविधामा २० प्रतिशतसम्म छुट पाउने भएका छन्।

बैंक र हस्पिटलबीच छुटसम्बन्धी सम्झौता भएको हो। यस सम्झौतासँगै अब एनआईसी एसिया बैंकका ग्राहकहरुले उक्त हस्पिटलमा स्वास्थ्य उपचार सेवा लिएर डिजिटल भुक्तानी गर्दा २० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्।

सुविधाको उपभोग गर्न ग्राहकले यस बैंकको डेबिट-क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्ने छ।

यस सहकार्यले ग्राहकहरुको स्वास्थ्योपचार र डिजिटल भुक्तानी सेवालाई प्रवर्द्धन गर्न सहयोग पुग्ने विश्वास बैंकको छ।

प्रकाशित : मंगलबार, साउन ६ २०८२१३:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend