बिहीबार , असार ४ गते २०८३    
बिहीबार , असार ४ २०८३

एनआईसी एसिया बैंकका ग्राहकलाई एएसजी आई केयर एण्ड हेल्थ सर्भिसमा १५ प्रतिशतसम्म छुट

मंगलबार, साउन ६ २०८२
एनआईसी एसिया बैंकका ग्राहकलाई एएसजी आई केयर एण्ड हेल्थ सर्भिसमा १५ प्रतिशतसम्म छुट

पहिलोपटक सेवा लिने ग्राहकहरुले ओपीडी शुल्क र दर्ता शुल्कमा पूर्ण छुटको सुविधा उपभोग गर्न बैंकले जनाएको छ।

काठमाडौं- एनआईसी एसिया बैंक र एएसजी आई केयर एण्ड हेल्थ सर्भिस प्रालिबीच छुटसम्बन्धी सम्झौता भएको छ।

बैंकका ग्राहकलाई एएसजी आई केयरमा सेवा लिइ डिजिटल भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट दिनेगरी सम्झौता भएको हो।

ग्राहकहरुले सर्जरीमा १५ प्रतिशत वा बढीमा १० हजार रूपैयाँसम्म, माइनर इन्भेस्टिगेसन र अप्टिकल/लेन्समा १० प्रतिशत छुट प्राप्त गर्नेछन्। पहिलोपटक सेवा लिने ग्राहकहरुले ओपीडी शुल्क र दर्ता शुल्कमा पूर्ण छुटको सुविधा उपभोग गर्न बैंकले जनाएको छ।

यस सुविधाको उपभोग गर्न ग्राहकले बैंकको डेबिट-क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्ने छ।


प्रकाशित : मंगलबार, साउन ६ २०८२११:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend