शुक्रबार, साउन ८ गते २०८३    
शुक्रबार, साउन ८ २०८३

आकर्षक लाभांश दिएपछि जीवन लघुवित्तको सेयरमा झुम्मिए लगानीकर्ता, ४० मिनेटमै २८ करोडको कारोबार

आइतबार, फागुन ८ २०७८
आकर्षक लाभांश दिएपछि जीवन लघुवित्तको सेयरमा झुम्मिए लगानीकर्ता, ४० मिनेटमै २८ करोडको कारोबार

काठमाडौं- आकर्षक लाभांश घोषणा गरेको जीवन विकास लघुवित्तको सेयरमा लगानीकर्ता झुम्मिएका छन्। जीवन लघुवित्तले शनिबार बसेको सञ्चालक समितिको बैठकबाट सेयरधनीलाई ७३.६८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ।

लाभांश घोषणासँगै कारोबार सुरु भएको ४० मिनेटमा २८ करोड ७८ लाख रुपैयाँको कारोबार भएको छ भने  प्रतिकित्ता २८८ रुपैयाँ बढेर ५२४८ रुपैयाँमा कारोबार भएको छ। 

७० प्रतिशत बोनस सेयर र ३.६८ प्रतिशत नगद लाभांश गरी कुल ७३.६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। यसअघि महिला लघुवित्तले ४९ प्रतिशत लाभांश दिने प्रस्ताव गरिसकेको छ। 

७० प्रतिशत बोनस सेयर र ३.६८ प्रतिशत नगद लाभांश गरी कुल ७३.६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले गरेको प्रस्ताव स्वीकृत भएमा १० कित्ता हुने सेयरधनीले ७ कित्ता सेयर लाभांश पाउने छन्। 

कम्पनीले केही महिना अगाडि मात्रै सर्वसाधारणमा प्राथमिक सेयर (आईपीओ) निष्काशन गरेको थियो। लघुवित्तले जारी पुँजीको ३२.५० प्रतिशतले हुन आउने १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको १९ लाख ७७ हजार ३०० कित्ता सेयर निष्काशन गरेको थियो।

 


प्रकाशित : आइतबार, फागुन ८ २०७८०६:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend