सोमबार, साउन ५ गते २०८२    
सोमबार, साउन ५ २०८२
images
images

गोरखा दरबार सङ्ग्रहालयमा एक वर्षमा एक लाख २२ हजार पर्यटकको अवलोकन

images
सोमबार, साउन ५ २०८२
images
images
गोरखा दरबार सङ्ग्रहालयमा एक वर्षमा एक लाख २२ हजार पर्यटकको अवलोकन

गोरखा दरबार सङ्ग्रहालयमा गएको आर्थिक वर्षमा एक लाख २२ हजार ७३३ जना आन्तरिक तथा बाह्य पर्यटकले अवलोकन भ्रमण गरेका छन्।

images

गोरखा- गोरखा दरबार सङ्ग्रहालयमा गएको आर्थिक वर्षमा एक लाख २२ हजार ७३३ जना आन्तरिक तथा बाह्य पर्यटकले अवलोकन भ्रमण गरेका छन्। नेपाल एकीकरणको इतिहास बोकेको दरबार परिसरस्थित सङ्ग्रहालयमा पर्यटकहरूको आकर्षण वर्षेनी बढ्दो क्रममा देखिएको छ।

images
images

सङ्ग्रहालय प्रमुख जयनारायण कार्कीका अनुसार आर्थिक वर्ष २०८०/८१ मा एक लाख १९ हजार १८७ जनाले भ्रमण गरेकोमा २०८१/८२ मा यो सङ्ख्या थप बढेको हो। 'पछिल्लो तथ्याङ्क हेर्दा सङ्ग्रहालय अवलोकन गर्ने पर्यटकको सङ्ख्या लगातार बढ्दै गएको छ,' प्रमुख कार्कीले भने।

images
images

गत वर्ष अवलोकन गर्न आएका पर्यटकमध्ये ८४ हजार २५७ जना आन्तरिक पर्यटक थिए भने ३६ हजार २९८ जना विद्यार्थीले शैक्षिक भ्रमण गरेका थिए। यस्तै, सार्क मुलुकका १७५ तथा तेस्रो देशका दुई हजार तीन जना विदेशी पर्यटकले पनि सङ्ग्रहालय भ्रमण गरेका छन्।

images
images

प्रमुख कार्कीका अनुसार विसं २०६५ मा सर्वसाधारणका लागि खोलिएको गोरखा दरबार सङ्ग्रहालयमा अहिलेसम्मकै सबैभन्दा धेरै पर्यटकले गत वर्ष अवलोकन गरेका हुन्।

सङ्ग्रहालयमा नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहको ४४ हात लामो चिना, एकीकरणका बेला प्रयोग गरिएका हातहतियार, भाँडावर्तन, जातीय भेषभूषा, बाजागाजाजस्ता सामग्रीहरु प्रदर्शनीमा राखिएका छन्। परम्परागत वास्तुकलामा निर्माण गरिएको दरबार ६८ रोपनी क्षेत्रफलमा फैलिएको छ।

सङ्ग्रहालयभित्र शाहवंशको वंशावली कक्ष, दिव्य उपदेश कक्ष, तेलचित्र कक्षलगायत १२ वटा प्रर्दशनी कक्ष छन्। ती कक्षमा घण्टौँ समय बिताउने गरी पर्यटकहरू रमाउने गरेको सङ्ग्रहालय प्रशासनले जनाएको छ।

गोरखा दरबार परिसरमा रहेको यो सङ्ग्रहालय नेपालको एकीकरण इतिहास बुझ्न चाहने सबैका लागि महत्वपूर्ण अध्ययन केन्द्रका रूपमा विकसित हुँदै गएको छ। रासस


प्रकाशित : सोमबार, साउन ५ २०८२०७:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend