शुक्रबार, साउन ८ गते २०८३    
शुक्रबार, साउन ८ २०८३
मर्जपछि लाभांशको ताज राख्ला कि गुमाउला? 

१० वर्ष अगाडि नबिल बैंकको १०० कित्ता सेयर किनेका लगानीकर्ताले कति कमाए?

शनिबार, फागुन ७ २०७८
१० वर्ष अगाडि नबिल बैंकको १०० कित्ता सेयर किनेका लगानीकर्ताले कति कमाए?

काठमाडौं- नबिल बैंकले नाफासँगै लगानीकर्तालाई दिने लाभांशका कारण प्रत्येक वर्ष एक नम्बरको ताज लिँदै आएको छ। 

ताज बचाइराख्ने दबाबमा रहेको बैंंकले गतमहिना नेपाल बंगलादेश बैंक (एनबी) लाई प्राप्ति गर्ने प्रारम्भिक सम्झौता गरिसकेको छ। सेयर आदानप्रदान अनुपात एक सय कित्ता बराबर ४३ कित्ता हुने गरी सम्झौता पत्रमा हस्ताक्षर भएको थियो। 

सम्झौतापछि बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल शाहले संस्थागत साझेदारीले सञ्जाल, ब्यालेन्स सिटको आकार, टिमका सवालमा एउटा ठूलै फड्को मार्ने बताएका थिए। 

नबिल बैंकले नेपाल बङ्गलादेश बैंकलाई प्राप्तीपश्चात बैंकको प्राथमिक पुँजी ४३ अर्ब, चुक्ता पुँजी २२.५ अर्ब, कर्जा रकम ३ सय अर्ब, निक्षेप रकम ३ सय १४ अर्ब हुनेछ। गैरकोषमा आधारित व्यवसायको आकार १ सय ३० अर्ब माथि हुनेछ। शाखा संजाल तत्कालै २ सय ३५ पुग्नेछन्। ग्राहक संख्या १६ लाख माथि हुनेछ।  

nabil devidend.PNG

ताज जोगाउन धौ धौ

ग्लोबल आईएमई बैंक लिमिटेडले नाफामा नबिल र एनआईसी एसियालाई उछिनेको छ। ६ महिना विवरणमा ग्लोबल आइएमई बैंकले नबिल र एनआईसी बैंकलाई पनि पछि पारेको थियो। नबिल बैंकलाई नाफामा अडिन कठिन हुनसक्छ। यता लाभांशको कोणबाट आजसम्म नबिल बैंकलाई टक्कर दिन कुनै बैंकले सकेका छैनन्। 

नबिल बैंकले चालु आर्थिक वर्ष २०७८/०७९ को  ६ महिनामा २ अर्ब १८ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८.२० प्रतिशत बढी हो।

बैंकको पुसमसान्तसम्म खुद ब्याज आम्दानी ३५.१३ प्रतिशत बढेको छ भने खुद फि तथा कमिसन आम्दानी ०.५१ प्रतिशत बढेको छ। ६ महिना अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा १ अर्ब ४५ करोड ८ लाख रुपैयाँ रहेको छ।

बैंकको नाफा बढे पनि बैंकको प्रतिसेयर आम्दानी भने घटेको थियो। प्रतिसेयर आम्दानी २९.९९ रुपैयाँबाट घटेर २३.५९ रुपैयाँमा झरेको छ। सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात ४७.०६ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १८४.२८ रुपैयाँ रहेको छ।

१० वर्ष अगाडि १०० कित्ता सेयर किन्नेले कमाए ९ लाखभन्दा बढी

पछिल्लो दश वर्षमा नबिल बैंकले आफ्ना लगानीकर्तालाई राम्रो लाभांश दिँदै आएको छ। २७ वाणिज्य बैंकभन्दा प्रत्येक वर्ष नबिल बैंकले दिने लाभांश धेरै दिने गरेको छ। १० वर्षको इतिहासमा सवैभन्द थोरै लाभांश भनेकै ३४ प्रतिशत रहेको छ। सवैभन्दा धेरै ६५ प्रतिशतसम्म लाभांश दिएको इतिहास रहेको छ। बैंकले गतवर्षको नाफाबाट चालु वर्ष पनि ३८ प्रतिशत लाभांश दिएको छ।  

दश वर्षअगाडि २०६८ साउनमा नबिल बैंकको सेयर मूल्य प्रतिकित्ता एक सय कित्ता सेयर प्रतिकित्ता १२८३ रुपैयाँ खरिद गर्दा १ लाख २८ हजार ३ सय रुपैयाँ लगानी गरेका थिए। 

प्रत्येक वर्ष दिँदै आएको लाभांशका कारण लगानीकर्ताको २०६८/६९ देखि २०७७/७८सम्म बोनस सेयर मार्फत थपिएको लाभांशले ८८३ कित्ता सेयर पुगेको छ। बिहीबारको अन्तिम मूल्य १०७९ रुपैयाँका दरले हिसाब गर्दा ९ लाख ५२ हजार ७ सय ५७ रुपैयाँ पोर्टफोलियोमा रहेको छ।

यसका काराण पनि बैंकको सेयरमा लगानीकर्ताहरूको आकर्षण हुने गरेको छ। २०६८ सालमा १०० कित्ता किन्दा बैंकले सेयर लगानीकर्तालाई २० प्रतिशत बोनस सेयर दिने घोषण गरेको थियो। त्यसपछि २० कित्ता थपिएको थियो। यसरी प्रत्येक वर्ष थपिँदै जाँदा १०० कित्ता सेयर १० वर्षमा ८८३ कित्ता भएको छ। 

कुन वर्ष कति लाभांश? 

nabil devidend.PNG

 


प्रकाशित : शनिबार, फागुन ७ २०७८१२:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend