बिहीबार , असार ४ गते २०८३    
बिहीबार , असार ४ २०८३

डिशहोम र ल्यानिज हबबीच सहकार्य : हाई फ्युचर ग्याजेटहरूमा ५० प्रतिशतसम्म छुट

शुक्रबार, साउन २ २०८२
डिशहोम र ल्यानिज हबबीच सहकार्य : हाई फ्युचर ग्याजेटहरूमा ५० प्रतिशतसम्म छुट

आजैदेखि लागु भएको यो अफरका इच्छुक ग्राहकहरूले डिशहोमको वेबसाइटमार्फत सजिलै यी प्रोडक्टहरू खरिद गर्न सक्नेछन्।

काठमाडौं- डिशहोमले ल्यानिज हबसँग सहकार्य गर्दै विश्वप्रसिद्ध हाई फ्युचर ब्रान्डका उत्कृष्ट उत्पादनहरूमा ५० प्रतिशतसम्मको भारी छुट योजना ल्याएको छ। अब ग्राहकहरूले डिशहोमका सेवा लिएर उच्च गुणस्तरका ग्याजेटहरू अर्धमूल्यमा प्राप्त गर्न सक्नेछन्।

यो विशेष छुट प्राप्त गर्नका लागि ग्राहकहरूले डिशहोम इन्टरनेट वा टीभी सेवा ३/६/१२/२४ महिनाका लागि सब्स्क्राइब वा रिचार्ज  गर्नुपर्ने कम्पनीले जनाएको। त्यसपछि मात्र ग्राहकहरुले ५० प्रतिशत छुटमा हाई फ्युचर का स्मार्ट ग्याजेटहरू अनलक खरिद गर्न सक्नेछन्।

जसअन्तर्गत खुद्रा बजार मूल्य ३ हजार ४९९ रहेको सोनिक एयर एयरबड केवल एक हजार ७४९ मा प्राप्त गर्न सकिने छ। यस्तै, जोन २ स्मार्टवाच २ हजार ७४९ र ८ हजारको भोकल स्पिकर अब केवल ४ हजार ४९९ मा प्राप्त गर्न सक्ने डिशहोमले जनाएको छ।

आजैदेखि लागु भएको यो अफरका इच्छुक ग्राहकहरूले डिशहोमको वेबसाइटमार्फत सजिलै यी प्रोडक्टहरू खरिद गर्न सक्नेछन्।

यो योजना नयाँ तथा पुराना दुवै ग्राहकहरूका लागि लागु हुनेछ, जसले डिशहोम अनुभवलाई अझ समृद्ध बनाउनेछ।


प्रकाशित : शुक्रबार, साउन २ २०८२१६:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend