बिहीबार , असार ४ गते २०८३    
बिहीबार , असार ४ २०८३

एनआईसी एसिया बैंकका ग्राहकलाई ओम हस्पिटलमा १० प्रतिशतसम्म छुट

शुक्रबार, साउन २ २०८२
एनआईसी एसिया बैंकका ग्राहकलाई ओम हस्पिटलमा १० प्रतिशतसम्म छुट

बैंकका ग्राहकहरुले ओम हस्पिटलमा उपचार गरी डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुटको विशेष सुविधा प्राप्त गर्न सक्नेछन्।

काठमाडौं- एनआईसी एसिया बैंकका ग्राहकले ओम हस्पिटल एण्ड रिसर्च सेन्टरमा १० प्रतिशतसम्म छुट पाउने भएका छन्।

बैंक र हस्पिटलबीच स्वास्थ्य उपचार सेवामा विशेष छुट उपलब्ध गराउने सम्झौता भएको छ। सम्झौतापत्रमा बैंकका तर्फबाट डिजिटल पेमेन्ट इकोसिस्टम प्रमुख बिमल लम्साल र ओम हस्पिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत यमबहादुर महतले हस्ताक्षर गरेका छन्।

यस सम्झौतासँगै अब यस बैंकका ग्राहकहरुले ओम हस्पिटलमा उपचार गरी डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुटको विशेष सुविधा प्राप्त गर्न सक्नेछन्। सुविधाको उपभोग गर्न ग्राहकहरुले बैंकको डेबिट-क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्ने छ।

ओम हस्पिटलसँगको यस सहकार्यले ग्राहकहरुको स्वास्थ्योउपचार र मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवर्द्धन गर्न सहयोग पुग्ने बैंकको विश्वास छ।


प्रकाशित : शुक्रबार, साउन २ २०८२१६:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend