बिहीबार , असार ४ गते २०८३    
बिहीबार , असार ४ २०८३

सानिमा बैंकको अनलाइन ई-कम कार्ड टपअप सुविधा

शुक्रबार, साउन २ २०८२
सानिमा बैंकको अनलाइन ई-कम कार्ड टपअप सुविधा

ई-कम भिसा कार्ड प्रयोगकर्ताहरुले अब आफूलाई पायक पर्ने जुनसुकै समय र स्थानबाट सानिमा यूएसडी ई-कम भिसा कार्डमा टपअप गर्न सक्नेछन्।

काठमाडौं- सानिमा बैंकले ई-कम भिसा कार्ड प्रयोगकर्ताहरुका लागि अनलाइनमार्फत कार्डमा टपअप गर्न मिल्ने सुबिधाको सुरुवात गरेको छ।

ई-कम भिसा कार्ड प्रयोगकर्ताहरुले अब आफूलाई पायक पर्ने जुनसुकै समय र स्थानबाट सानिमा यूएसडी ई-कम भिसा कार्डमा टपअप गर्न सक्नेछन्।

ग्राहकहरुले सानिमा सजिलो ई-बैकिङ एप वा बैंकको आधिकारिक वेबसाइटमा अनलाइन सर्भिसेसअन्तर्गतको कार्ड सर्भिसबाट (ई-कम अनलाइन पेमेन्ट) मा आफ्नो विवरणहरु राखेर टपअप गर्न सक्नेछन्।

ग्राहकहरुले बैंक खातामा रजिस्टर भएको मोबाइल नम्बर वा इमेल, बचत खाता नम्बर र उपलब्ध क्याप्चा राखेर टपअप को प्रकिया अगाडि बढाउन सक्नेछन्। साथै, उक्त प्रकियाका लागि मोबाइल नम्बर वा इमेलमा प्राप्त भएको ओटीपी राखेपश्चात् कार्डमा तुरुन्तै टपअप हुनेछ।

सानिमा बैंकले सातै प्रदेशमा रहेका आफ्ना १३४ वटा कार्यालय र १२७ वटा एटीएममार्फत सेवा दिइरहेको छ।


प्रकाशित : शुक्रबार, साउन २ २०८२१५:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend