बिहीबार , असार ४ गते २०८३    
बिहीबार , असार ४ २०८३

दराज महाबचत बजार : सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्डबाट अग्रिम भुक्तानी गर्दा विशेष छुट

बिहीबार , साउन १ २०८२
दराज महाबचत बजार : सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्डबाट अग्रिम भुक्तानी गर्दा विशेष छुट

क्रेडिट कार्ड प्रयोगकर्ताहरुले मासिक किस्ताबन्दी (ईएमआई) सुविधा पनि प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।

काठमाडौं- सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई विशेष छुट मिल्नेगरी दराजसँग 'महाबचत बजार २०८२' योजनामा सहकार्य गरेको छ।

योजना अवधिभर दराजबाट सामान खरिद गरी ग्राहकहरुले सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्डबाट अग्रिम भुक्तानी गर्दा विशेष छुट प्राप्त गर्न सक्नेछन्।

ग्राहकहरुले डेबिट कार्डबाट भुक्तानी गर्दा १० प्रतिशत वा अधिकतम ५०० रूपैयाँसम्मको छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा १५ प्रतिशत वा अधिकतम ७५० रूपैयाँसम्मको छुट प्राप्त गर्न सक्नेछन्। 

यो योजना २०८२ साउन २ देखि १५ गतेसम्म १४ दिनका लागि लागु हुनेछ।

छुटका लागि ग्राहकहरूले दराजबाट बैंक भौचर संकलन गर्नुपर्नेछ।

यसैगरी, क्रेडिट कार्ड प्रयोगकर्ताहरुले मासिक किस्ताबन्दी (ईएमआई) सुविधा पनि प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।

सानिमा बैंकले सातै प्रदेशमा रहेका आफ्ना १३४ वटा कार्यालयहरु तथा १२७ वटा एटीएममार्फत सेवा दिइरहेको छ।


प्रकाशित : बिहीबार , साउन १ २०८२१६:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend