सोमबार, असार २२ गते २०८३    
सोमबार, असार २२ २०८३

२०८१/८२ मा दोस्रो बजार कारोबारमा रेकर्ड, बजार पुँजीकरण ३१ प्रतिशतले बढ्यो

बिहीबार , साउन १ २०८२
२०८१/८२ मा दोस्रो बजार कारोबारमा रेकर्ड, बजार पुँजीकरण ३१ प्रतिशतले बढ्यो

काठमाडौं- आर्थिक वर्ष २०८१/८२ मा धितोपत्रको दोस्रो बजार कारोबारमा रेकर्ड कायम भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। बजारका अन्य परिसूचकमा पनि २०८१/८२ मा उल्लेख्य सुधार भएको छ। 

तथ्यांकअनुसार आर्थिक वर्ष २०८०/८१ मा ७ खर्ब ३४ अर्ब ६८ करोडबराबरको धितोपत्रको कारोबार भएकोमा आर्थिक वर्ष २०८१/८२ मा २१ खर्ब २४ अर्ब ९१ करोड रुपैयाँबराबरको कारोबार भएको छ।

कारोबार रकम आर्थिक वर्ष २०८०/८१ को तुलनामा १८९.२३ प्रतिशतले बढी हो। यसअघि आर्थिक वर्ष २०७७/७८ मा सबैभन्दा धेरै रकम (१४ खर्ब ५४ अर्ब ४४ करोड) को कारोबार भएको थियो। 

यसैगरी वर्ष २०८१ को असार मसान्तमा ३५ खर्ब ५३ अर्ब ६७ करोड रहेको बजार पुँजीकरण रहेकोमा २०८२ असार मसान्तमा ३१.०५ प्रतिशतले वृद्धि भइ ४६ खर्ब ५६ अर्ब ९८ करोड पुगेको छ। 

आर्थिक वर्ष २०८१/८२ को अन्तसम्ममा सूचीकृत कम्पनीको संख्या २७२ पुगेको छ। उक्त आर्थिक वर्षमा मर्जर तथा एक्विजिसनका कारण ३ कम्पनी सूचीकरणबाट हटेका छन् भने प्रथम सार्वजनिक निष्कासन मार्फत ४ वटा कम्पनी थपिएका छन्।

प्रथम निष्कासनमार्फत ३ करोड ६५ लाख कित्ता सेयर, थप निष्कासनमार्फत ११ लाख २० हजार कित्ता सेयर, सरकारबाट थप गरिएको तथा स्थानीयलाई वितरण गरिएको ४ करोड ३२ लाख ५८ कित्ता सेयर, सामूहिक लगानी कोषका ३७ करोड ८१ लाख एकाइ र संस्थागत ऋणपत्र ८३ लाख कित्ता गरी जम्मा ८० करोड ४२ लाख ८५ हजार कित्ता धितोपत्र सूचीकृत भएका छन्।  

साउनको पहिलो कारोबारमा सेयर बजारमा उत्साह, बनाउला नयाँ उच्च बिन्दु? साउनको पहिलो कारोबारमा सेयर बजारमा उत्साह, बनाउला नयाँ उच्च बिन्दु?


प्रकाशित : बिहीबार , साउन १ २०८२१६:४६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend