शुक्रबार, साउन ८ गते २०८३    
शुक्रबार, साउन ८ २०८३

पाँच ठूला जीवन बीमा कम्पनीको आईपीओ आउने, कुनको कति कित्ता?

शनिबार, फागुन ७ २०७८
पाँच ठूला जीवन बीमा कम्पनीको आईपीओ आउने, कुनको कति कित्ता?

पाँच जीवन बीमा कम्पनीहरूले तीन अर्ब १५ करोड रुपैयाँ बराबरको साधारण सेयर (आईपीओ) आउने भएको छ।

काठमाडौं- पाँच जीवन बीमा कम्पनीहरूले तीन अर्ब १५ करोड रुपैयाँ बराबरको साधारण सेयर (आईपीओ) आउने भएको छ। दुई बीमा कम्पनीले आईपीओ जारीको अनुमति पाइसकेका छन् भने बाँकी तीन कम्पनी भने प्रक्रियामा रहेका छन्। 

पाँच जीवन बीमा कम्पनीहरूले साधारणसभाबाट ३० प्रतिशत आईपीओ जारी गर्ने प्रस्ताव पारित गरे पनि तीन कम्पनीको नेपाल धितोपत्र बोर्डबाट स्वीकृत पाउनै बाँकी रहेको छ। 

सिटिजन लाइफ, आईएमई लाइफ, रिलायबल नेपाल लाइफ, सन नेपाल लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले आईपीओ जारी गर्न बाँकी रहेको छ। पाँच कम्पनीहरूको जारी पुँजी १० अर्ब ५० करोड रहेको छ। जारी पुँजीको ३० प्रतिशतले हुन आउने ३ अर्ब १५ करोडको सेयर बिक्रीमा आउनेछ।

सेयर बिक्री गर्नेमध्ये सिटिजन्स लाइफले सबैभन्दा धेरै ७५ करोड रुपैयाँ बराबरको आईपीओ जारी गर्ने तयारी गरेको छ। कम्पनीको ७५ लाख कित्ता आईपीओ जारी गर्ने गरी प्रक्रिया अगाडि बढेको छ। 

धितोपत्र बोर्डबाट कम्पनीले अनुमतिसमेत पाइसकेका छन्। आईएमई लाइफको ६० लाख कित्ता, रिलायबल नेपाल लाइफको ६० लाख कित्ता, सन नेपाल लाइफको ६० लाख कित्ता र महालक्ष्मी लाइफको समान ६० लाख कित्ता आईपीओ ल्याउनेगरी प्रक्रिया अगाडि बढेको हो।


प्रकाशित : शनिबार, फागुन ७ २०७८०९:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend