शुक्रबार, साउन ८ गते २०८३    
शुक्रबार, साउन ८ २०८३

समृद्धि फाइनान्सकाे हकप्रदमा आइतबारदेखि आवेदन दिन पाइने

शनिबार, फागुन ७ २०७८
समृद्धि फाइनान्सकाे  हकप्रदमा आइतबारदेखि आवेदन दिन पाइने

काठमाडौं- समृद्धि फाइनान्स कम्पनी लिमिटेडले आइतबार (फागुन ८)देखि हकप्रद सेयर बिक्री खुला हुने भएको छ।

कम्पनीले लगानीकर्तालाई ५० प्रतिशत हकप्रद सेयर बिक्री खुला गर्न लागेको हो। कम्पनीले २७ लाख २९ हजार ७०५ कित्ता हकप्रद सेयर निष्कासन गर्ने छ। 

फागुन २९ गतेसम्म आवेदन दिन पाइने सेयरमा प्रतिकित्ता १०० रुपैयाँ पर्ने छ। गएको पुस ११ गते कम्पनीको बुल क्लोज गरेको थियो।

पुस १० गतेसम्म सूचिकृत सेयरधनीले हकप्रदमा आवेदन दिन पाउने छन्। कम्पनीको ५० प्रतिशत हकप्रद सेयर निष्कासनपछि चुक्ता पुँजी ८१ करोड ८९ लाख पुग्नेछ।


प्रकाशित : शनिबार, फागुन ७ २०७८०८:३४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend