बिहीबार , असार ४ गते २०८३    
बिहीबार , असार ४ २०८३

एनसेल ‘लीग अफ क्रिएटर्स’ : अमनले जिते १० लाखको ब्रान्ड डिल

बुधबार, असार ३२ २०८२
एनसेल ‘लीग अफ क्रिएटर्स’ : अमनले जिते १० लाखको ब्रान्ड डिल

सहभागीहरुले सामग्री योजना, सिर्जना प्रक्रिया, सन्देश प्रवाह, ब्रान्डसमक्ष आफू प्रस्तुत गर्ने रणनीतिलगायतका बारेमा प्रशिक्षण पाएका थिए।

काठमाडौं- एनसेलले अपट्रेन्डलीसँगको सहकार्यमा आयोजना गरेको ‘लीग अफ क्रिएटर्स’ प्रतियोगितामा ललितपुरका अमन महर्जनले १० लाख रुपैयाँबराबरको एक वर्षको ब्रान्ड डिल जित्ने सफल भएका छन्। उनले प्रतियोगितामा प्रथम स्थान हाषिल गर्दै पुरस्कारस्वरुप यो डिल हात पारेका हुन्।

आफूलाई म्याडम्वाजेल क्रिएटरका नामले चिनाउने काठमाडौंकी प्रभा श्रेष्ठले प्रतियोगितामा दोस्रो स्थान हाषिल गर्दै ५ लाख रूपैयाँको ब्रान्ड डिल जितिन् भने बागलुङका मनिष रुचेलले तेस्रो बन्दै २ लाख ५० हजार रूपैयाँको ब्रान्ड डिल पुरस्कार जितेका छन्। त्यसैगरी बुटवलका प्रशान्त पान्डेले चौथो स्थान हाषिल गरि अपट्रेन्डली पीकका रुपमा १ लाख रूपैयाँको ब्रान्ड डिल जितेका थिए।

गत शुक्रबार काठमाडौंमा आयोजित ग्रान्ड फिनाले कार्यक्रममाझ विजयी क्रिएटरहरुलाई पुरस्कार प्रदान गरिएको हो। देशैभरका डिजिटल स्टोरीटेलर्सलाई सशक्त बनाउने उदेश्य सहित एनसेलले यो प्रतियोगिता आयोजना गरेको हो।

'एनसेलसँगको ब्रान्ड डिलले पुरस्कृतहरुलाई कन्टेन्ट क्रिएसनमा अझै निखारिएर अगाडि बढ्न ठूलो प्रेरणा मिल्नेछ भन्ने कुराममा म पूर्णरुपमा विश्वस्त छु,' एनसेलका चिफ कमर्सियल अफिसर उमेर मोहसिनले भने।

प्रतियोगितामा सहभागी हुन प्राप्त भएका भिडियोमध्येबाट उत्कृष्ट ५० जना क्रिएटरहरुलाई पाँचजना मेन्टरहरु सञ्जोग कोइराला, प्रतिमा अधिकारी, मिस्टर फूडी नेपाल, पराक्रम राणा र एकता तण्डुकारले छानेका थिए। उनीहरुलाई १०/१० जनाको समूहमा ५ जना मेन्टरहरुमार्फत विशेष प्रशिक्षण र मेन्टरसीप प्रदान गरिएको थियो।

सहभागीहरुले सामग्री योजना, सिर्जना प्रक्रिया, सन्देश प्रवाह, ब्रान्डसमक्ष आफू प्रस्तुत गर्ने रणनीतिलगायतका बारेमा प्रशिक्षण पाएका थिए।

प्रथम पुरस्कार विजेता महर्जन प्रतिमा अधिकारीको टिमका थिए भने दोस्रो विजयी श्रेष्ठ सञ्जोग कोइराला टिमका थिए। त्यसैगरी तेस्रो विजेता रुचेल र चौथो विजेता पाण्डे मिस्टर फूडी नेपाल टिमका थिए। उत्कृष्ट ५० मा पर्न सफल भएका क्रिएटरहरु मध्येबाट निर्णायक मण्डलले फिनालेमा उत्कृष्ट चार क्रिएटरहरु छानेका हुन्।

निर्णायक मन्डलमा नेपालका लागि अमेरिकी राजदूतावासका सार्वजनिक मामिला प्रमुख माइक हार्कर, चलचित्र निर्देशक सिमोस सुनुवार, एनसेलकी मार्केटिङ, कम्युनिकेसन एन्ड सस्टेनेबिलिटी डाइरेक्टर पुनम सिंह र अपट्रेन्डलीका प्रमुख कार्यकारी अधिकृत मोनायक कार्की रहेका थिए।


प्रकाशित : बुधबार, असार ३२ २०८२१२:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend