शुक्रबार, वैशाख १४ गते २०८१    
images
images

लिजअनुसार कर सुविधा पाउनुपर्ने सुन्दर ट्रेडर्सको जिकिर अस्वीकृत, पूरा मूल्यको कर तिरेर छुटे दुई बस

images
images
images
लिजअनुसार कर सुविधा पाउनुपर्ने सुन्दर ट्रेडर्सको जिकिर अस्वीकृत, पूरा मूल्यको कर तिरेर छुटे दुई बस

कमर्सियल इनभ्वाइस अनुसार सुन्दर ट्रेडर्सले कौसिससँग प्रतिबस १ करोड ३८ लाख ७३ हजार ४ सय ८० भारुमा लिजमा लिएको छ।

images
images

काठमाडौं-  चीनबाट ल्याइएको भनेर भारतबाट दुईवटा विद्युतीय बस लिजमा ल्याएको सुन्दर ट्रेडर्सले पूरा मूल्यको कर तिरेर भन्सार छुटाएको छ। ट्रेडर्सले बस लिजमा ल्याइएकाले लिज रकमअनुसार कर तिर्न पाउनुपर्ने दाबी गरेको थियो। तर भन्सारले ट्रेडर्सको मागलाई अस्वीकर गर्दै बसको कुल मूल्यअनुसार कर लिएर भन्सार छुटाएको हो। 

images
images
images

सुन्दर ट्रेडर्सले विद्युतीय बस ल्याएर सुन्दर यातायातमार्फत नेपालमा पहिलो पटक सार्वजनिक यातायातमा विद्युतीय बस सञ्चालन गरेको हो। कम्पनीले चक्रपथ परिक्रममा दुईवटा विद्युतीय बस सञ्चालन गर्दै आएको छ। सुन्दर यातायातले विद्युतीय बस थप गर्ने भन्दै ट्रेडर्स मार्फत २० वटा बस खरिद गर्ने पक्रियामा रहेको छ। 

images

त्यहीअनुसार सुन्दर ट्रेडर्सले दुईवटा विद्युतीय बस भारतको कौसिस इ-मोबिलिटी प्रालिसँग लिजमा ल्याएको हो। कम्पनीले सुरुमा बस चीनबाट खरिद गरेर ल्याएको दाबी गर्दै आएको थियो। खरिद गरेर ल्याइएका विद्युतीय बसमा बढी कर लिएको भन्दै सुन्दर ट्रेडर्सका अध्यक्ष भेषबहादुर थापाले प्रचार गर्दै आएका थिए। 

images

तर उनको कम्पनीले बस चीनबाट नभइ भारतबाट ल्याएको र खरिद गरेर नगरि ८ वर्षका लागि लिजमा लिइएको डकुमेन्टसहितको समाचार बिजनेस न्युजले लेखेको थियो। बस ल्याएर भन्सार याडमा राखेर भन्सार जाँचपासका लागि कागजात नै पेश नगरि कर बढी लिएको प्रचार गर्दै आएको थियो। तर उक्त समाचार आएपछि सुन्दर ट्रेडर्स भन्सार कार्यालयको भनाइ अनुसार नै बस जाँचपास गर्न राजी भएको थियो। 

images
images

भन्सार कार्यालयका अनुसार सुन्दर ट्रेडर्सले बुधबार बसको कुल मूल्य अनुसार (विद्यमान प्रक्रिया अनुसारकै भन्सार जाँचपास) नै दुई वटा विद्युतीय बसको कर तिरेर छुटाएको हो। नेपालको भन्सार कानूनअनुसार यातायातका साधन लिजमा ल्याउन पाइदैन। सुन्दर ट्रेडर्सले भनेअनुसार लिजमा कर सुविधा दिइएको भए सार्वजनिक यातायातमा विकृत आउने सम्भावना धेरै थियो। 

सरकारले विद्युतीय बसमा १ प्रतिशत भन्सार, १३ प्रतिशत भ्याट र ५ प्रतिशत सडक मर्मत दस्तुर लाग्ने व्यवस्था गरेकोक छ। सुन्दरले जुनसुकै कम्पनी वा फर्मले ल्याउने विद्युतीय बसमा लाग्ने यही करलाई आफूसँग धेरै कर लिएको जिकिर गदैए आएको थियो। 

सुन्दर ट्रेडर्सले कौसिस इ-मोबिलिटीसँग दुईवटा विद्युतीय बस लिजमा लिनका लागि माछापुच्छ्रे बैंकबाट बैंक ग्यारेन्टी लिएको हो। ८ वर्षका लागि लिजमा लिइएको दुई वटा बसका लागि प्रति त्रैमास (३ महिनाको) १० लाख ३५ हजार २ सय ८० भारु (प्रति बस ५ लाख १७ हजार ६ सय ६० भारु) तिर्ने गरि माछापुच्छ्रेले कौसिसलाई ग्यारेन्टी पठाएको थियो।  

बस लिजमा ल्याउँदा सुन्दर ट्रेडर्सले ३१ किस्तामा रकम भुक्तानी गर्ने गरी कौसिससँग सम्झौता गरेको छ। कम्पनीले ९१ महिनाभित्र दुईवटा बस खरिद गरेको रकम कौसिसलाई बुझाइसक्नु पर्नेछ। 

कमर्सियल इनभ्वाइस अनुसार सुन्दर ट्रेडर्सले कौसिससँग प्रति बस १ करोड ३८ लाख ७३ हजार ४ सय ८० भारुमा लिजमा लिएको छ।  

सुन्दर ट्रेडर्सका अध्यक्ष भेषबहादुर थापाले २० वटा विद्युतीय बस चीनबाट किनेको भन्दै आएका थिए। बस भारतीय कम्पनीसँग लिजमा ल्याएको खुलिसकेको छ भने दुईवटा बस जाँचपास गराएको सुन्दर ट्रेडर्सले बाँकी १८ वटा बस नेपाल ल्याउँछ वा ल्याउँदैन त्यो भने क्रमिक रुपमा खुल्दै जानेछ।

लिजमा बस ल्याएर कानूनमै नभएको कर सुविधा माग्दै सुन्दर ट्रेडर्स

images

प्रकाशित : शुक्रबार, फागुन ६ २०७८०१:४०

प्रतिक्रिया दिनुहोस