मंगलबार, वैशाख २५ गते २०८१    
images
images

लिजमा बस ल्याएर कानूनमै नभएको कर सुविधा माग्दै सुन्दर ट्रेडर्स

करमा किस्ता नपाए भारतमै बेच्ने घुर्की

images
images
images
लिजमा बस ल्याएर  कानूनमै नभएको कर सुविधा माग्दै सुन्दर ट्रेडर्स

सुन्दर ट्रेडर्सले कौसिस इ-मोबिलिटीसँग दुईवटा विद्युतीय बस लिजमा लिनका लागि माछापुच्छ्रे बैंकबाट बैंक ग्यारेन्टी लिएको छ।

images
images

काठमाडौं- सुन्दर यातायात प्रालिले चीनबाट विद्युतीय बस ल्याएर रिङरोडमा सञ्चालन सुरु गरेको थियो। कम्पनीले नेपालमा पहिलो पटक सार्वजनिक यातायातमा विद्युतीय बस सञ्चालन गरेको हो। कम्पनीले हाल रिङरोडमा दुईवटा विद्युतीय बस सञ्चालन गरिरहेको छ। 

images
images
images

सुन्दर यातायातले विद्युतीय बस थप गर्न भन्दै चीनबाट बस आयात गरेर ल्याएको र ती बसमा सरकारले थप कर लगाएको भन्दै घटाउन दबाब दिइरहेको छ। कम्पनीका अध्यक्ष समेत रहेका भेषबहादुर थापाले सरकारले विद्युतीय बसमा धेरै कर लगाएको भन्दै आफूहरुले चीनबाट ल्याएको बस नेपाल भित्र्याउन नसक्ने बताए। 

images

‘हामीले वातावरणमैत्री विद्युतीय बस ल्याएर चलाउन सुरु गरेका छौं। अहिले बसको संख्या थप्न खोज्दा सरकारले धेरै कर लियो’ थापाले बिजनेस न्युजसँग भने, ‘चीनबाट २० वटा विद्युतीय बस किनेर ल्याएका हौं। दुईवटा जाँचपासको क्रममा नेपालको भन्सारमा आइपुगेको छ। बाँकी बस यतिधेरै कर तिरेर ल्याउन सक्दैनाैं। भारतमै बेच्ने सोचेका छौं।’ 

images

चीनबाट एउटा बसको १ करोड ८० लाख रुपैयाँसम्ममा किनेर ल्याएको र त्यसमा सरकारले १ प्रतिशत भन्सार, १३ प्रतिशत भ्याट र ५ प्रतिशत सडक मर्मत दस्तुर लगाएको छ। यसका अतिरिक्त विद्युतीय बसमा बीमा शुल्क, दर्ता शुल्क बापत ४० हजार रुपैयाँ लिएकाले आफूहरु बस भित्र्याउन नसक्ने अवस्थामा पुगेको थापाको जिकिर थियो। 

images
images

भन्सारमा कागजात पेश नै नगरि बढी करको प्रचार

सुन्दर ट्रेडर्सले बिक्रीका लागि आधिकारिक बिक्रेताको रुपमा भारतबाट खरिद गरेर ल्याएको बसमा धेरै कर लगाएको भन्दै आएका थापाले बस लिजमा ल्याउन लागेका हुन्। चीनबाट ल्याएको भनिएका बस भारतीय कम्पनीसँग ८ वर्षको लिजमा ल्याउन लागिएको तथ्य फेला परेको हो। 

सुन्दर ट्रेडर्सका अध्यक्ष भेषबहादुर थापाले हालसम्म भन्सार कार्यालयमा दुईवटा विद्युतीय बसको जाँचपासका लागि आवश्यक कागजात नै पेश नगरेको कार्यालयले जनाएको छ। तर थापा भने सरकारले विद्युतीय बसमा कर छुट दिएको बताएर उल्टो धेरै कर असुलेको भन्दै प्रचार गराउँदै हिँडिरहेका छन्। 

भन्सार कार्यालयले सुन्दर ट्रेडर्सले मंगलबार दुई वटा विद्युतीय बसको जाँचपासका लागि कागजात लिएर आउने जानकारी कार्यालयलाई गराएको बताएको छ।  

सुन्दर यातायात र सुन्दर ट्रेडर्स

सुन्दर यातायात बस चलाउन दर्ता भएको कम्पनी हो। यो कम्पनीले रिङरोडमा हाल दुई वटा विद्युतीय बस सञ्चालन गर्दै आएको छ। यातायात कम्पनी यातायात व्यवस्था विभागमा समेत पञ्जीकरण हुनुपर्ने व्यवस्था छ। यो कम्पनीले आयात निर्यातको काम गर्न पाउँदैन। 

त्यसैले भेषबहादुर थापा सहितको समूहले सुन्दर यातायातसँगै चीनबाट सवारी आयात गर्न सुन्दर ट्रेडर्स प्रालि कम्पनी समेत बनाएको छ। सुन्दर ट्रेडर्सले भारत वा तेस्रा मुलुकबाट बस किनेर ल्याउने र सुन्दर यातायातलाई बिक्री गर्ने गरेको छ।  

सुन्दर ट्रेडर्स सवारी आयातका लागि आधिकारिक बिक्रेताको रुपमा वाणिज्य विभागबाट एजेन्सी दर्ता प्रमाणपत्र पाएको कम्पनी हो। एकै समूहले सञ्चालन गरेको दुई कम्पनी हुन् सुन्दर यातायात र सुन्दर ट्रेडर्स। खरिद/बिक्री गर्ने कम्पनीले सरकारले कर बढी लियो भनेर कम्पनीका अध्यक्ष नै गुनासो गरिरहेका छन्।

ev3sunadar.png

बस किनेको नभएर लिजमा ल्याइएको

सुन्दर ट्रेडर्सले चीनबाट विद्युतीय बस खरिद गरेर ल्याएको बताएको छ। तर ती बस किनेर नभइ लिजमा ल्याइएको छ। सुन्दर ट्रेडर्सले बस चीनबाट किनेको भनेपनि भारतको कौसिस इ-मोबिलिटी प्रालिसँग ८ वर्षका लागि लिजमा लिइएको डकुमेन्ट बिजनेस न्युजले प्राप्त गरेको छ। 

सुन्दर ट्रेडर्सले कौसिस इ-मोबिलिटीसँग दुईवटा विद्युतीय बस लिजमा लिनका लागि माछापुच्छ्रे बैंकबाट बैंक ग्यारेन्टी लिएको छ। ८ वर्षका लागि लिजमा लिइएको दुई वटा बसका लागि प्रति त्रैमास (३ महिनाको) १० लाख ३५ हजार २ सय ८० भारु (प्रति बस ५ लाख १७ हजार ६ सय ६० भारु) तिर्ने गरि माछापुच्छ्रेले कौसिसलाई सम्बोधन गरेर ग्यारेन्टी पठाएको छ। 

बस लिजमा ल्याउँदा सुन्दर ट्रेडर्सले ३१ किस्तामा रकम भुक्तानी गर्ने गरी कौसिससँग सम्झौता गरेको छ। कम्पनीले ९१ महिनाभित्र दुईवटा बस खरिद गरेको रकम कौसिसलाई बुझाइसक्नु पर्नेछ। 

ev2sundar.png

सुन्दर ट्रेडर्स र भन्सारको राय

सुन्दर ट्रेडर्सले भारतीय कम्पनीसँग दुईवटा विद्युतीय बस लिजमा ल्याएको हो। नेपालको कानून अनुसार हालसम्म सवारीसाधन लिजमा ल्याउन पाइँदैन। लिजमा ल्याइएका सवारीको मूल्य अनुसार एकै पटक कर लिने वा किस्ता अनुसार कर लिने भन्ने विषयमा भन्सार कानूनमा व्यवस्था छैन। 

सुन्दर ट्रेडर्सले हरेक त्रैमासमा तिर्ने किस्ता अनुसार नै तिर्न पाउनु पर्ने जिकिर गरेको छ। कम्पनीको दाबी अनुसार बस आयात गर्दा लाग्ने भन्सार, भ्याट, सडक मर्मत दस्तुरलगायत कर पनि ८ वर्षमा तिर्ने किस्ता अनुसार नै लिन भन्सारलाई आग्रह गरेका हो। 

तर भन्सार विभागले भने लिजमा बस वा सवारीसाधन आयात गर्ने व्यवस्था कानूनमा नरहेको जनाएको छ। त्यसमाथि किस्तामा कर लिन मिल्ने कानून नै नभएको भन्सार विभागका सूचना अधिकारी पुण्यविक्रम खड्काले बताए। ‘एउटा मूल्यमा अहिले बस ल्याएर लिजमा किस्ता तिरे जस्तै गरि किस्तामा कर तिर्न पाइने हाम्रो कानूनमा छैन,’ उनले भने, ‘किस्तामा बस ल्याएपनि बस ल्याउँदा गरेको घोषणा मूल्यका आधारमा जाँचपास गर्दा लाग्ने कर तिर्नुपर्छ भन्ने हाम्रो भनाइ हो।’ 

ev1sundar.png

पीआई र कमर्सियल इनभ्वाइसमा ठूलो अन्तर

सुन्दर ट्रेडर्सले कौसिस इ-मोबिलिटीसँग बस खरिदका लागि प्रोफर्मा इनभ्वाइस (पीआई) र बस खरिद गर्दाको कमर्सियल इनभ्वाइनमा उल्लेखित मूल्यमा ठूलो अन्तर देखिएको छ। पीआई र कमर्सियल इनभ्वाइसमा उल्लेखित मूल्यमा १ देखि २ प्रतिशतभन्दा बढी फरक हुन नमिल्ने भन्सारका एक अधिकारीले बताए। 

सुन्दर ट्रेडर्सले पीआईमा प्रतिबस १ करोड १३ लाख १० हजार भारुमा एयर कन्डिसन बीएक्स (एम-आरएचडी-आई) विद्युतीय बसको अर्डर गरेको थियो। तर कमर्सियल इनभ्वाइसमा १ करोड ३८ लाख ७३ हजार ४ सय ८० भारु रहेको छ। 

पीआई र कमर्सियल इनभ्वाइसमा बढीमा १ देखि २ प्रतिशतमात्र अन्तर हुने गरेका पाइएको एक अटोमोबाइल व्यवसायीले बताए। ‘पीआई अडर गर्दाको दर हो। सोही आधारमा सामानको एलसी खोलिने र सामान आयात गर्दा कमर्सियल इनभ्वाइसमा पीआईमा उल्लेख भएअनुसार नै मूल्य कायम हुनु पर्ने हो,’ ती व्यवसायीले भने, ‘पीआई र कमर्सियल इनभ्वाइसमा १२/१३ प्रतिशत फरक पर्ने भनेको अनौठो भयो। यसमा भन्सारले केही बिचार गर्छ होला।’ 
भारतमा बस बेच्ने घुर्की

ev4sunadar.png

सुन्दर ट्रेडर्सका अध्यक्ष भेषबहादुर थापाले २० वटा विद्युतीय बस चीनबाट किनेको भन्दै आएका छन्। भन्सारमा पेश गरेको कागजात अनुसार ती बसको ‘कन्ट्री अफ ओरिजिन’मा भारत उल्लेख गरिएको छ। भारतीय कम्पनी कौसिस इ-मोबिलिटीसँग बस खरिद गरि ल्याएको र सुन्दरका अध्यक्ष थापाले आफू मागेअनुसार कर छुट नदिए उतै बेचिदिने प्रचार गर्दै आएका छन्। 

बस भारतबाट किन्ने र प्रचार भने चीनबाट ल्याएको र सरकारले धेरै कर लगाएकाले उतै बेच्न थापाको जिकिर छ। मुख्य कुरा थापाको सुन्दर ट्रेडर्स खरिद/बिक्रीका लागि दर्ता भएको कम्पनी हुनाले पीआई आउनुपूर्व नै ल्याउन लागेको सामानमा लाग्ने कर प्रष्ट उल्लेख हुन्छ। तर सुन्दरका अध्यक्ष थापाले बस ल्याइसकेर जाँचपास गराउने बेला सरकारले कर बढाएको बताउँदै आएका छन्। 

सरकार ल्याएको कर सबै सवारी आयातकर्तालाई समान नै हुन्छ। सरकारले सार्वजनिक प्रयोजनका लागि ल्याइने विद्युतीय बसमा १ प्रतिशत भन्सार, १३ प्रतिशत भ्याट र मूल्यको ५ प्रतिशत सडक मर्मत दस्तुर लाग्ने व्यवस्था गरेको छ। ठूला विद्युतीय बसमा अन्तःशुल्क लाग्दैन। 

images

प्रकाशित : सोमबार, फागुन २ २०७८१२:१०

प्रतिक्रिया दिनुहोस