बिहीबार , असार ४ गते २०८३    
बिहीबार , असार ४ २०८३

होपफुल हराइजनमा प्रभु बैंकका ग्राहक तथा कर्मचारीलाई विशेष छुट

मंगलबार, असार ३१ २०८२
होपफुल हराइजनमा प्रभु बैंकका ग्राहक तथा कर्मचारीलाई विशेष छुट

छुट सुविधा प्राप्त गर्नका लागि प्रभु बैंकका ग्राहकहरुले बैंकको मान्य डेबिट-क्रेडिट कार्ड तथा प्रिभलेज कार्डमध्ये कुनै एक होपफुल हराइजनमा पेस गर्नुपर्ने छ।

काठमाडौं- प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई झम्सिखेलस्थित होपफुल हराइजन नेपाल प्रालिमा मानसिक स्वास्थसम्बन्धी सेवाहरुमा विशेष छुट मिल्ने भएको छ।

बैंक र होपफुल हराइजनबीच छुटसम्बन्धी सम्झौता भएको हो। एक समारोहका बीच होपफुल हराइजनका तर्फबाट प्रकृति प्रधान र बैंकका तर्फबाट प्रमुख मार्केटिङ अफिसर रमेशकुमार श्रेष्ठले समझदारीपत्रमा हस्ताक्षर गरेका छन्।

छुट सुविधा प्राप्त गर्नका लागि प्रभु बैंकका ग्राहकहरुले बैंकको मान्य डेबिट-क्रेडिट कार्ड तथा प्रिभलेज कार्डमध्ये कुनै एक होपफुल हराइजनमा पेस गर्नुपर्ने छ।

प्रभु बैंकले देशभर रहेका आफ्ना ३१२ शाखा कार्यालय, २८६ एटीएमका साथै ६८ एक्सटेन्सन काउन्टरमार्फत करिब ३१ लाखभन्दा बढी ग्राहकहरुलाई गुणस्तरीय सेवा प्रवाह गरिरहेको छ।

प्रकाशित : मंगलबार, असार ३१ २०८२१४:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend