बिहीबार , असार ४ गते २०८३    
बिहीबार , असार ४ २०८३

एनआईसी एसिया बैंक र सिद्धार्थ हस्पिटालिटीबीच सहकार्य, २२ आउटलेटहरूमा २० प्रतिशतसम्मको छुट

बिहीबार , असार २६ २०८२
एनआईसी एसिया बैंक र सिद्धार्थ हस्पिटालिटीबीच सहकार्य, २२ आउटलेटहरूमा २० प्रतिशतसम्मको छुट

यस सम्झौताअनुसार बैंकका ग्राहकहरुले खाद्य तथा पेय पदार्थमा अधिकतम १० प्रतिशत र आवास सेवा (एकोमोडेसन)मा अधिकतम २० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन्।

काठमाडौं- एनआईसी एसिया बैंकले आफ्ना ग्राहकहरूलाई उत्कृष्ट सेवा र सुविधाहरू प्रदान गर्ने उद्देश्यले देशभर फैलिएका सिद्धार्थ हस्पिटालिटीका आउटलेटहरूमा विशेष छुट प्रदान गर्ने गरी विशेष सम्झौता सम्पन्न भएको छ।

यस सम्झौतासँगै अब एनआईसी एसिया बैंकका ग्राहकहरूले सिद्धार्थ हस्पिटालिटी अन्तर्गत सञ्चालित मुलुकभर फैलिएका होटल तथा रेस्टुरेन्टहरूमा २० प्रतिशतसम्मको विशेष छुट उपभोग गर्न सक्नेछन्।

यस सम्झौताअनुसार बैंकका ग्राहकहरुले खाद्य तथा पेय पदार्थमा अधिकतम १० प्रतिशत र आवास सेवा (एकोमोडेसन)मा अधिकतम २० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन्।

ग्राहकहरूले यस बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्दा सिद्धार्थ हस्पिटालिटीका मुलुकभर फैलिएका २२ वटा आउटलेटहरुमा उक्त सुविधा प्रयोग गर्न सक्नेछन्।

जसमा महेन्द्रनगरको सिद्धार्थ होटल न्यू आनन्द, कैलालीको सिद्धार्थ होटल, भैरहवास्थित सिद्धार्थ विलासा, नेपालगञ्जमा रहेको होटल सिद्धार्थ, बुटवल अवस्थित सिद्धार्थ कटेज, नुवाकोटमा सिद्धार्थ होटल वाटर टावर रहेका छन्।

यस्तै, सिद्धार्थ होटल ग्राण्ड सिटी बिर्तामोड, सिद्धार्थ बुटिक होटल काठमाडौं, सिद्धार्थ सनी रिसोर्ट सुर्खेत, सिद्धार्थ रिसोर्ट चिसापानी, सिद्धार्थ होटल नारायणघाट, सिद्धार्थ वाइल्डलाइफ रिट्रिट मेघौली, सिद्धार्थ विलासा बन्दास सौराहा, सिद्धार्थ रिभरसाइड रिसोर्ट चुम्लिङटार, सिद्धार्थ कटेज रेस्टुरेन्ट नेपालगञ्ज, सिद्धार्थ कटेज रेस्टुरेन्ट धोबीघाट, सिद्धार्थ फुडल्याण्ड पुरानो बानेश्वर, सिद्धार्थ कटेज रेस्टुरेन्ट तीनकुने, सिद्धार्थ कटेज योगिकुट्टी बुटवल, एस क्याफे नेपालगञ्ज, एस क्याफे तीनकुने काठमाडौं र एस क्याफे ललितपुरमा पनि छुट मिल्ने छ।


प्रकाशित : बिहीबार , असार २६ २०८२१६:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend