बिहीबार , असार ४ गते २०८३    
बिहीबार , असार ४ २०८३

केई इक्युट टूमा २ लाख रूपैयाँ छुट, अफर सीमित अवधिका लागि

सोमबार, असार २३ २०८२
केई इक्युट टूमा २ लाख रूपैयाँ छुट, अफर सीमित अवधिका लागि

यसअघि इक्युट टूको मूल्य २२ लाख ९६ हजार रुपैयाँ रहेको थियो। जीओ अटोमोबाइलले इक्युट टूमा ल्याएको दुई लाख छुटको अफर सीमित अवधिका लागि भनेको छ।

काठमाडौं- केईको सिटी कार इक्युट टूको मूल्य एकै पटक २ लाख रूपैयाँले घटेको छ। २ लाख रूपैयाँ छुट घोषणासँगै अब उपभोक्ताले केई इक्युट टू २० लाख ९६ हजार रूपैयाँमै खरिद गर्न सक्ने भएका छन्।

यसअघि इक्युट टूको मूल्य २२ लाख ९६ हजार रूपैयाँ रहेको थियो। नेपाली बजारमा मिनिकारको माग बढ्दै गएकाले विभिन्न ब्रान्डका मिनि कार उपलब्ध रहेका छन्।

केईको नेपालका लागि आधिकारिक बिक्रेता जीओ अटोमोबाइलले इक्युट टूमा नयाँ अफर ल्याएको हो। कम्पनीले केईका तीन वटा मोडल नेपाली बजारमा बिक्री गर्दै आएको छ।

केईको दुईवटा साना कार इक्युट टू र इक्युट फोर तथा एक्स थ्री प्रो विद्युतीय एसयूभी उपलब्ध छन्।

जीओ अटोमोबाइलले इक्युट टूमा ल्याएको दुई लाख छुटको अफर सीमित अवधिका लागि भनेको छ।

केई इक्युट टूमा २८.०८ किलोवाट आवरको ब्याट्री प्याक र ४० किलोवाट पिक पावरको मोटर रहेको छ। ३६० डिग्री क्यामरासमेत रहेको यो कारले एक पटकको फुल चार्जमा ३ सय किलोमिटर रेन्ज दिने कम्पनीले जनाएको छ।


प्रकाशित : सोमबार, असार २३ २०८२१६:५१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend