शुक्रबार, साउन ८ गते २०८३    
शुक्रबार, साउन ८ २०८३

मौद्रिक नीतिको समीक्षा आउने भएपछि थामिँदै सेयर लगानीकर्ता, एमसीसीकाे बिषयले साताभर उतारचढाव

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , फागुन ५ २०७८
मौद्रिक नीतिको समीक्षा आउने भएपछि थामिँदै सेयर लगानीकर्ता, एमसीसीकाे बिषयले साताभर  उतारचढाव

आइतबार ५ अर्ब ९७ करोड रूपैयाँको कारोबार भएको थियो।  जसका कारण चुनाव घोषणापछि पनि नेप्से परिसूचक लगातार घटिरहेको छ।

काठमाडौं-नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धबार्षिक समीक्षा आउने चर्चा भएपछि साताको अन्तिम दिन सेयर बजारमा व्यापक उतारचढावकाबीच थामिएको छ।

अर्धबार्षिक समीक्षाको पर्खाइमा बस्दा सेयर स्थिर भएको छ। अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) को अनुमोदन हुने नहुने विषयले समेत सेयर बजारमा असर पारेको छ। जसका कारण पनि साताभर सेयर बजारमा उतारतढाव आएको छ। 

साताको अन्तिम दिन बिहिबार १.९३ अंकले घटेर २७३२.५२ अंकमा सीमित भएको छ। कारोबार रकम पनि आज घटेको छ। आज २ अर्ब २६ करोड रुपैयाँको सेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जानकारी दिएको छ। आज ११२ कम्पनीको सेयर मूल्य घटेको थियो। 

बुधवार १९.८४ अंकको गिरावट देखिएको थियो। जसका कारण २७३४.४४ बिन्दुमा नेप्से सीमित भएको थियो। बुधवार ३ अर्ब २ करोड रुपैयाँको कारोबार मात्र भएको थियो। तर एमसीसी अनुमोदन हुने चर्चा मंगलबार भने ५३ अंकले बढको थियो।  साताको पहिलो दिन आइतबार सेयर बजारमा १०१ अंकको पहिरो गएपनि सोमबार केही सम्हालिएको बजार मंगलबार भने बढेको थियो। 

वाणिज्य बैंकहरूले ब्याज बढाउनुको साथै राष्ट्र बैंकले ल्याउने मौद्रित नीतिको समिक्षाको त्रासले लगानीकर्ता आत्तिएपछि सेयर बजारमा भारी गिरावट आएको थियो।  विदेशी मुद्रा सञ्चितिमा दबाब परेपछि राष्ट्र बैंकले आयातमा कडाइदेखि एकपछि अर्को निर्णय गर्दै जाँदा त्यसको असर सेयर बजारमा पनि परिरहेको छ। एमसीसी पास हुने विषयले पनि सेयर बजारमा प्रभाव परेको देखिन्छ।

मंगलबार नेप्से परिसूचक ५३.३० अंकले बढेर २७५४.२८ बिन्दुमा पुगेको छ। ६३ लाख ४३ हजार कित्ता सेयर किनबेच हुँदा ३ अर्ब २३ करोड ३३ लाख रुपैयाँ कारोबार भएको थियो। 

सोमबार नेप्से परिसूचक ०.०८ अंकले बढेर २७००.९८ बिन्दुमा पुगेर बन्द भएको थियो। ७५ लाख ४९ हजार कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ६८ करोड रुपैयाँको कारोबार भएको थियो। सोमबार १११ कम्पनीको सेयर मूल्य बढ्दा ६९ कम्पनीको घटेको र ११ कम्पनीको सेयर मूल्य स्थिर रहेको थियो। 

आइतबार १०१.२४ अंकले घटेर २७००.३२ बिन्दुमा पुगेको थियो। जहाँ १ सय ९० कम्पनीकै सेयर मूल्य घटेको थियो भने १ कम्पनीको मूल्यमा परिवर्तन आएको थिएन। आइतबार ५ अर्ब ९७ करोड रूपैयाँको कारोबार भएको थियो।  जसका कारण चुनाव घोषणापछि पनि नेप्से परिसूचक लगातार घटिरहेको छ।

 


प्रकाशित : बिहीबार , फागुन ५ २०७८०९:०६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend