बिहीबार , चैत २१ गते २०८१    
बिहीबार , चैत २१ २०८१
images
images

हिमालय क्षेत्रको संरक्षणका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक छ: उर्जामन्त्री 

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , फागुन ५ २०७८
images
images
हिमालय क्षेत्रको संरक्षणका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक छ: उर्जामन्त्री 

बेलायत नेपालको सबैभन्दा भरपर्दो विकास साझेदार रहेको उल्लेख गर्दै मन्त्री भुसालले बेलायतले सङ्कट र प्रकोपको समयमा महत्वपूर्ण सहयोग गरेको स्मरण गरिन्। 

images
images

काठमाडौं- ऊर्जामन्त्री पम्फा भुसालले हिमालय क्षेत्रको संरक्षणका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको बताएकी छन्। 

images
images

नेपालका लागि बेलायती राजदूत निकोला पोलिटको भेटमा उनले महासागरहरूका पारिस्थितिक प्रणाली सन्तुलन राख्न र ग्लोबल वार्मिङलाई नियन्त्रण गर्नका लागि हिमालयको महत्वपूर्ण भूमिका रहने भएकाले यसमा अन्तर्राष्ट्रिय सहयोगको अपेक्षा सरकारले गरेको बताएकी हुन्। 

images
images

नेपाल सरकारले स्वच्छ र नवीकरणीय ऊर्जा उत्पादन, इ–मोबिलिटी, न्यून कार्बन पूर्वाधार र इको–टुरिजम्को प्रवर्द्धनलाई उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै उनले नेपालको नवीकरणीय ऊर्जा, वातावरण व्यवस्थापनमा बेलायत सरकारको सहयोग महत्वपूर्ण रहेको बताइन्। 

images
images

ऊर्जा क्षेत्रमा सन्तुलन कायम राख्नका लागि आफूले जलासययुक्त आयोजना प्रवर्द्धनलाई विशेष प्राथमिकता दिएको उल्लेख गर्दै मन्त्री भुसालले बुढीगण्डकी, दूधकोशी, नलगा‍डजस्ता आयोजनालाई आफूले प्राथमिकतामा राखेको बताइन्। 

जलविद्युत स्वच्छ ऊर्जा भएकाले यसको प्रवर्द्धनका लागि नेपाल सरकारले प्राथमिकता दिएको र ऊर्जा क्षेत्रको विकासमा मिश्रित ऊर्जा उत्पादनमा ध्यान दिएको बताइन्। बेलायत नेपालको सबैभन्दा भरपर्दो विकास साझेदार रहेको उल्लेख गर्दै मन्त्री भुसालले बेलायतले सङ्कट र प्रकोपको समयमा महत्वपूर्ण सहयोग गरेको स्मरण गरिन्। 

राजदूत पोलिटले नेपालको ऊर्जा खपतमा सहयोग गर्न बेलायत सरकार इच्छुक रहेको उल्लेख गर्दै त्यसका लागि ऊर्जा मन्त्रालयका निकायसँगको सहकार्यलाई अझै विस्तार गर्ने बताइन्। उनले नवीकरणीय ऊर्जा उत्पादन तथा विद्युत व्यापारमा पनि सहजीकरण गर्न बेलायत सरकार तयार रहेको बताइन्। उनले ऊर्जा क्षेत्रका निकायको संस्थागत सबलीकरण पनि सहयोग गरिरहेको उल्लेख गरिन्। 


प्रकाशित : बिहीबार , फागुन ५ २०७८०८:३६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend