शुक्रबार, वैशाख २६ गते २०८२    
शुक्रबार, वैशाख २६ २०८२
images
images

सिभिल बैंक र एफ वन सफ्ट इन्टरनेसनलबीच सम्झौता

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , फागुन ५ २०७८
images
सिभिल बैंक र एफ वन सफ्ट इन्टरनेसनलबीच सम्झौता
images
images

काठमाडौं-सिभिल बैंक लिमिटेड र एफ वन सफ्ट इन्टरनेसनल बिच ओम्नी च्यानल प्लेटफर्म सुचारु गर्दै डिजीटल बैंकिङ सेवा तथा सुविधाहरुलाई अझ बढी प्रभाकारी बनाउनको लागि सम्झौता पत्रमा हस्तक्षर गरिएको छ।

images
images
images

उक्त सम्झौता पत्रमा सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल कुमार पोखरेल र एफ वन सफ्ट इन्टरनेसनलका प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले हस्ताक्षर गरेका छन्।

images
images

बैंकले मोवाइल बैकिङ्ग सुविधालाई अझ बढी सवल र सुदृढ बनाई ग्राहकहरुको सहज बित्तीय पहुँचलाई मध्यनजर गर्दै उक्त स्तरोन्नती गर्न लागेको हो। अब गरिने स्तरोन्नती पश्चात सिभिल बैंकका ग्राहकहरुले मोबाईल एप मार्फतनै बैंक खाता खोल्ने, पैसा पठाउने, खातामा पैसा जम्मा गर्ने, बैंक लोन लिने जस्ता सेवाहरुको उपयोग गरि सहज तथा सरल ढंगबाट आफुलाई आवश्यक बित्तीय सेवा उपभोग गर्न सक्नेछन् जुन आफैमा एक नौलो सुविधा प्रयोग गरिएको अनुभव प्रदान गर्ने खालको हुनेछ।  

images
images

बैंकले हालसम्म करिव सात लाख ग्राहकहरुलाई ११५ शाखाहरु, १० एक्सटेन्सन काउन्टरहरु तथा ९७ एटिएमहरु मार्फत सम्पुर्ण बैंकिङ्ग सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ।


प्रकाशित : बिहीबार , फागुन ५ २०७८०८:३०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend