बिहीबार , असार ४ गते २०८३    
बिहीबार , असार ४ २०८३

हाईलाइफ फुड्सको नयाँ बासमती चामल बजारमा, घरायसी भान्सादेखि रेस्टुरेन्टसम्म उपयुक्त

आइतबार, असार २२ २०८२
हाईलाइफ फुड्सको नयाँ बासमती चामल बजारमा, घरायसी भान्सादेखि रेस्टुरेन्टसम्म उपयुक्त

पछिल्लो समय हाईलाइफ फुड्सले विभिन्न उत्पादनमा जोड दिँदै आएको र व्यावसायिक दायरा विस्तार गरिरहेको छ।

काठमाडौं- हाईलाइफले नयाँ उत्पादनको रुपमा चामल व्यवसायमा प्रवेश गरेको छ। हाईलाइफले एक्स्ट्रा लङ ग्रेन बासमती चामल, पुलाउ बासमती चामल र 'जिआई राइस' बजारमा ल्याएको छ।

नेपाली उपभोक्ताको स्वाद, पोषण र विश्वासलाई मध्यनजर गर्दै हाईलाइफ फुड्सले नयाँ प्रडक्टका रुपमा प्रिमियम  बासमती चामल बजारमा ल्याएको हो। 'जिआई राइस' डायबेटिक बिरामीको लागि उपयुक्त हुनेछ।

लामो दाना, उत्कृष्ट स्वाद र प्राकृतिक सुगन्धले भरिएको यो चामल घरायसी भान्सादेखि रेस्टुरेन्टसम्मका लागि उपयुक्त र गुणस्तरीय विकल्पका रूपमा प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ। अन्य बासमती चामलहरूको तुलनामा हाईलाइफ फुड्सको यो बासमती चामल शुद्ध, सफा र पौष्टिक तत्वले पूर्ण रहेको कम्पनीको भनाइ छ।

हाईलाइफ फुड्सका प्रबन्ध निर्देशक पंकज ज्ञवालीले भने, 'प्रत्येक नेपाली परिवारलाई गुणस्तरीय, पौष्टिक र सुलभ खाद्यान्न उपलब्ध गराई स्वस्थ जीवनशैलीलाई प्रवर्द्धन गर्ने उद्देश्यमा कम्पनी प्रतिबद्ध छ।' उनका अनुसार हाईलाइफ प्रिमियम बासमती चामल स्वादिलो हुनुका साथै स्वास्थ्यवर्द्धक समेत छ।

पछिल्लो समय हाईलाइफ फुड्सले विभिन्न उत्पादनमा जोड दिँदै आएको र व्यावसायिक दायरा विस्तार गरिरहेको छ। कम्पनीले किसान, उपभोक्ता र समुदायलाई लक्षित गर्दै रोजगार सिर्जना र उत्पादन क्षमता वृद्धिबाट मुलुकको आर्थिक विकासमा योगदान दिँदै आएको छ। अत्याधुनिक प्रविधि, अनुसन्धान तथा डिजिटल युगअनुकूल सेवा प्रणालीमार्फत उद्योगमा अग्रणी भूमिका खेल्ने हाईलाइफ फुड्सको लक्ष्य छ।

गुणस्तरलाई पहिलो प्राथमिकतामा राख्दै कम्पनीले प्रत्येक उत्पादनमा उच्चतम मापदण्डको पालना गर्ने जनाएको छ। उपभोक्ताको आवश्यकता र जीवनशैली अनुसार नवीन उत्पादन विकास, गुणस्तरमा सम्झौता नगरी सबैका लागि सुलभ उत्पादन उपलब्ध गराउने, सरोकारवालासँग पारस्परिक सम्मान र सहकार्य, इमानदारी तथा पारदर्शिता कम्पनीका मूल सिद्धान्त हुन्। दीर्घकालीन विश्वसनीयता र सुदृढ व्यवस्थापन क्षमतामा केन्द्रित रही कम्पनी अघि बढिरहेको छ।

हाल हाईलाइफ प्रिमियम बासमती चामल देशभरका खुद्रा विक्रेता, सुपरमार्केट तथा अनलाइन प्लेटफर्महरूमा विभिन्न तौल र आकर्षक प्याकेजिङमा उपलब्ध रहेको कम्पनीले जनाएको छ। यसले गुणस्तर र मूल्यबीचको सन्तुलन कायम राख्ने कम्पनीको दाबी छ। हाईलाइफको चामल एक किलो, पाँच किलो र २० किलोमा बजारमा उपलब्ध हुनेछ।

हाईलाइफ फुड्स विगतदेखि नै चिउरा, कर्नफ्लेक्स, चोको प्लस, सोयाबिन, ओट्स, आटा, चियापत्ती, बेसन र अन्य स्वास्थ्यकर खाद्य वस्तुहरूको उत्पादन तथा वितरण गर्दै आएको छ।


प्रकाशित : आइतबार, असार २२ २०८२१७:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend