शुक्रबार, साउन ८ गते २०८३    
शुक्रबार, साउन ८ २०८३

उत्कृष्ट नाफा कमाएको नेष्डो समृद्ध लघुवित्तको आईपीओमा फागुन ११ देखि आवेदन खुला

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , फागुन ५ २०७८
उत्कृष्ट नाफा कमाएको नेष्डो समृद्ध लघुवित्तको आईपीओमा फागुन ११ देखि आवेदन खुला

आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सक्नेछन। आईपीओ निष्काशन बन्द छिटोमा फागुन १५ गते र ढिलोमा फागुन २५ गते हुनेछ।

काठमाडौं-फागुन ११ गतेदेखि नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सेयर (आईपीओ) जारी गर्ने भएको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ८ करोड २८ लाख ७५ रुपैयाँ बराबरको ८ लाख २८ हजार ७ सय ५० कित्ता आईपीओ बिक्री खुला गर्न लागेको हो। 

जसमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात १२ हजार ७ सय ५० कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ४१ हजार ४ सय ३७ कित्ता सेयर सामूहिक लगानी कोषका लागि र ७ लाख ७४ हजार ५ सय ३६ कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको छ।

आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सक्नेछन। आईपीओ निष्काशन बन्द छिटोमा फागुन १५ गते र ढिलोमा फागुन २५ गते हुनेछ।

संस्थाको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको खुद नाफा १० करोड ७३ लाख ८६ हजार रुपैयाँ रहेको छ। जुन गत आवको तुलनामा १८.८७ प्रतिशतले न्यून हो । गत आवको यसै अवधिसम्ममा संस्थाले १३ करोड २३ लाख ७१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

प्रकाशित : बिहीबार , फागुन ५ २०७८०७:२२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend