शुक्रबार, वैशाख २६ गते २०८२    
शुक्रबार, वैशाख २६ २०८२
images
images

उत्कृष्ट नाफा कमाएको नेष्डो समृद्ध लघुवित्तको आईपीओमा फागुन ११ देखि आवेदन खुला

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , फागुन ५ २०७८
images
उत्कृष्ट नाफा कमाएको नेष्डो समृद्ध लघुवित्तको आईपीओमा फागुन ११ देखि आवेदन खुला

आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सक्नेछन। आईपीओ निष्काशन बन्द छिटोमा फागुन १५ गते र ढिलोमा फागुन २५ गते हुनेछ।

images
images

काठमाडौं-फागुन ११ गतेदेखि नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सेयर (आईपीओ) जारी गर्ने भएको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ८ करोड २८ लाख ७५ रुपैयाँ बराबरको ८ लाख २८ हजार ७ सय ५० कित्ता आईपीओ बिक्री खुला गर्न लागेको हो। 

images
images
images

जसमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात १२ हजार ७ सय ५० कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ४१ हजार ४ सय ३७ कित्ता सेयर सामूहिक लगानी कोषका लागि र ७ लाख ७४ हजार ५ सय ३६ कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको छ।

images
images

आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सक्नेछन। आईपीओ निष्काशन बन्द छिटोमा फागुन १५ गते र ढिलोमा फागुन २५ गते हुनेछ।

images
images

संस्थाको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको खुद नाफा १० करोड ७३ लाख ८६ हजार रुपैयाँ रहेको छ। जुन गत आवको तुलनामा १८.८७ प्रतिशतले न्यून हो । गत आवको यसै अवधिसम्ममा संस्थाले १३ करोड २३ लाख ७१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।


प्रकाशित : बिहीबार , फागुन ५ २०७८०७:२२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend