शुक्रबार, साउन १६ गते २०८२    
शुक्रबार, साउन १६ २०८२
images
images

तनहुँ जलविद्युत् आयोजनाबाट सुख्खायाममा पनि विद्युत्  आपूर्ति सहज हुने

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , फागुन ५ २०७८
images
images
तनहुँ जलविद्युत् आयोजनाबाट सुख्खायाममा पनि विद्युत्  आपूर्ति सहज हुने

विद्युत् उत्पादन शुरु भएको पहिलो दश वर्षसम्म वार्षिक औषत विद्युत् उत्पादन ५८ करोड ७७ लाख र त्यसपछि ४८ करोड ९९ लाख युनिट उत्पादन हुने लक्ष्य रहेको छ । 

images
images

तनहुँ- ऋषिङ गाउँपालिका–१ स्थित झापुरटारमा निर्माणधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाले सुख्खायाममा पनि विद्युत् आपूर्ति सहज गराउने भएको छ । 

images

सुख्खायाममा देशको विद्यमान ऊर्जा आपूर्तिको समस्या हटाउन आयोजनाको ठूलो योगदान रहनाका साथै स्थानीय स्रोत साधानलाई  अधिकतम उपयोग गरी देशको आर्थिक एवं सामाजिक क्षेत्रको विकासमा थप टेवा पुग्ने अपेक्षा गरिएको छ । 

images
images

आयोजनाका लागि सेती नदीमा १४० मिटर अग्लो र २१५ मिटर लामो क्रङ्क्रिट बाँध निर्माण गरिने आयोजनाका प्रबन्ध सञ्चालक किरणकुमार श्रेष्ठले जानकारी दिए। जलाशययुक्त यस आयोजनालाई बढी विद्युत् माग हुने हिउँदयाममा समेत दैनिक करिब छ घण्टा पूर्ण क्षमता (१४० मेगावाट) मा चलाउन सकिने, र भारतबाट विद्युत् आयात घटाउन आयोजनाको महत्वपूर्ण भूमिका रहने अपेक्षा गरिएको उनको भनाइ थियो । 

images
images
images

विद्युत् उत्पादन शुरु भएको पहिलो दश वर्षसम्म वार्षिक औषत विद्युत् उत्पादन ५८ करोड ७७ लाख र त्यसपछि ४८ करोड ९९ लाख युनिट उत्पादन हुने लक्ष्य रहेको छ । 

'आयोजनाको जलाशय सात दशमलव २६ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिने छ' प्रबन्ध सञ्चालक श्रेष्ठले भने,'आयोजनाको जलाशय बाँधदेखि सेती नदीको माथिल्लो तटीय भेगको करिब १८ किलोमिटरसम्म फैलनेछ।'

रासस

 


प्रकाशित : बिहीबार , फागुन ५ २०७८०६:४०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend