शुक्रबार, साउन ८ गते २०८३    
शुक्रबार, साउन ८ २०८३

जीवन विकास लघुवित्तको लाभांश प्रस्ताव, नगद र सेयर कति?

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, फागुन ८ २०७८
जीवन विकास लघुवित्तको लाभांश प्रस्ताव, नगद र सेयर कति?

काठमाडौ- जीवन विकास लघुवित्त वित्तीय संस्थाले सेयरधनीहरुलाई ७३.६८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ। ७० प्रतिशत बोनस सेयर र ३.६८ प्रतिशत नगद लाभांश गरी कुल ७३.६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको  सञ्चालक समितिको बैठकले उच्चदरको लाभांश प्रस्ताव गरेको हो।

यसअघि महिला लघुवित्तले ४९ प्रतिशत लाभांश दिने प्रस्ताव गरिसकेको छ। महिला लघुवित्तलाई उछिन्दै जीवन लघुवित्तले ७० प्रतिशत लाभांश प्रस्ताव गरेको हो।

७० प्रतिशत बोनस सेयर र ३.६८ प्रतिशत नगद लाभांश गरी कुल ७३.६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले गरेको प्रस्ताव स्वीकृत भएमा १० कित्ता हुने सेयरधनीले ७ कित्ता सेयर लाभांश पाउने छन्। 

कम्पनीले केही महिना अगाडि मात्रै सर्वसाधारणमा प्राथमिक सेयर (आईपीओ) निष्काशन गरेको थियो। लघुवित्तले जारी पुँजीको ३२.५० प्रतिशतले हुन आउने १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको १९ लाख ७७ हजार ३०० कित्ता सेयर निष्काशन गरेको थियो।

लघुवित्तको अधिकृत पुँजी एक अर्ब रुपैयाँ रुपैयाँ, जारी पूँजी ६० करोड ८४ लाख रुपैयाँ र चुक्ता पुँजी ४१ करोड ६ लाख ७० हजार रुपैयाँ रहेको छ। सर्वसाधारणलाई १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको आईपीओ निष्काशनपछि लघुवित्तको चुक्ता पुँजी ६० करोड ८४ लाख रुपैयाँ पुगेको छ।


प्रकाशित : आइतबार, फागुन ८ २०७८०५:१०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend