बिहीबार , असार ४ गते २०८३    
बिहीबार , असार ४ २०८३

सिट्रोन सीथ्री अब मात्र २९ लाख ९९ हजार रूपैयाँमा

बिहीबार , असार १९ २०८२
सिट्रोन सीथ्री अब मात्र २९ लाख ९९ हजार रूपैयाँमा

'ह्याचब्याक को दाममा एसयूभी' अफरअन्तर्गत ग्राहकहरूले गाडीको नि:शुल्क बीमा पनि प्राप्त गर्नेछन्।

काठमाडौं- सिट्रोन गाडीहरूको नेपालका लागि आधिकारिक वितरक साङ्ग्रिला मोटर्स प्रालिले आफ्नो 'ह्याचब्याकको दाममा एसयूभी' अभियानअन्तर्गत आकर्षक मूल्य घटाएको घोषणा गरेको छ।

पहिले ३६ लाख ५० हजार रूपैयाँमा उपलब्ध रहेको सिट्रोन सीथ्री पेट्रोल कम्प्याक्ट एसयूभी अब मात्र २९ लाख ९९ हजार रूपैयाँमा उपलब्ध हुनेछ, जसले ह्याचब्याकको मूल्यमा एसयूभीको अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ।

'ह्याचब्याक को दाममा एसयूभी' अफरअन्तर्गत ग्राहकहरूले गाडीको नि:शुल्क बीमा पनि प्राप्त गर्नेछन्।

भारतमा निर्मित सिट्रोन सी थ्री पेट्रोल मा १० इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, इलेक्ट्रिक्ली एड्जस्टेबल ओआरभीएमएस र शक्तिशाली १२०० सीसी इन्जिनजस्ता प्रिमियम फिचरहरू रहेका छन्, जसले यसलाई कम्प्याक्ट एसयूभी सेग्मेन्टमा सबैभन्दा मूल्यवान विकल्प बनाएको छ।

साथै, यसका स्पेयर पार्टहरू सहजै र सुपथ मूल्यमा उपलब्ध हुने भएकाले ग्राहकहरूको अनुभव झन्झटरहित हुनेछ।

साङ्ग्रिला मोटर्स प्रालिका प्रबन्ध निर्देशक हेमन्त गोल्छाले भने, 'साङ्ग्रिला मोटर्समा हामी विश्वव्यापी रूपमा प्रशंसित गाडीहरू हाम्रा ग्राहकहरूलाई सहज रूपमा उपलब्ध गराउन प्रतिबद्ध छौं। सिट्रोन सी थ्री को यो नयाँ मूल्यको साथ, हामी सुविधाहरू, आराम र पर्फर्मेन्समा सम्झौता नगरी आकर्षक मूल्य प्रदान गर्ने लक्ष्य राख्छौँ।'

गोल्छा अर्गनाइजेसनअन्तर्गत रहेको साङ्ग्रिला मोटर्स प्रालि सन् २०१७ देखि प्यूजो र २०२१ देखि सिट्रोन र २०२४ देखि लिपमोटर गाडीहरूको नेपालका लागि एकमात्र आधिकारिक आयातकर्ता रहँदै आएको छ। 


प्रकाशित : बिहीबार , असार १९ २०८२१७:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend