शुक्रबार, साउन ८ गते २०८३    
शुक्रबार, साउन ८ २०८३

आकर्षक लाभांश आउने भएपछि टेलिकमको सेयर मूल्य इतिहासकै महँगो हुँदै, कहिले कति मूल्य?

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , फागुन ५ २०७८
आकर्षक लाभांश आउने भएपछि टेलिकमको सेयर मूल्य इतिहासकै महँगो हुँदै, कहिले कति मूल्य?

समग्र सेयर बजार घट्दा पनि नेपाल टेलिकमको सेयर मूल्य भने बढेको छ। पछिल्लो समयको तथ्यांकलाई हेर्ने हो भने टेलिकमको सेयर लगानीकर्ताको आकर्षणमा परेको छ। लाभांश घोषणा हुने अन्तिम समय भएकोले पनि लगानीकर्ताहरू नाफा बुक गर्नका लागि टेलिकमको सेयर खरिद गरिरहेका छन्।

काठमाडौं- नेपाल टेलिकमको सेयर अहिलेसम्मकै उच्च मूल्यमा कारोबार हुने देखिएको छ। पछिल्लो सयम बजार बढ्दा र घट्दा लगानीकर्ताको रोजाइमा परेको टेलिकमको सेयर बढिरहेको छ।

नेपाल टेलिकमको सेयर मूल्य बुधवार पनि प्रतिकित्ता ९ रुपैयाँले बढेर १६६४ रुपैयाँ कायम भएको छ। यसअघि सबैभन्दा महँगो भनेको १६८३ रुपैयाँमा कारोबार भएको थियो। त्यसैले केही दिनमै टेलिकमको सेयर मूल्य अहिलेसम्मकै महँगो हुने देखिएको छ। कम्पनीको बुधवार मात्रै १४ करोड ८८ लाख रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ। 

ntc 2.PNG

गत आवको द्वितीय त्रैमासिक अवधि (२०७७ पुस मसान्त) सम्मको खुद मुनाफा ३ अर्ब २८ करोड ९३ लाख ९४ हजार रहेकोमा चालु आवको सोही अवधि (२०७८ पुस मसान्त) मा  ६० करोड ८४ लाख ८१ हजार ( अर्थात १८.४९ प्रतिशत) ले वृद्धि भई ३ अर्ब ८९ करोड ७८ लाख ७५ हजार रुपैयाँ पुगेको छ। 

समग्र सेयर बजार घट्दा पनि नेपाल टेलिकमको सेयर मूल्य भने बढेको छ। पछिल्लो समयको तथ्यांकलाई हेर्ने हो भने टेलिकमको सेयर लगानीकर्ताको आकर्षणमा परेको छ। लाभांश घोषणा हुने अन्तिम समय भएकोले पनि लगानीकर्ताहरू नाफा बुक गर्नका लागि टेलिकमको सेयर खरिद गरिरहेका छन्।

यस साताको बुधबार मात्रै पनि १९  अंकले नेप्से परिसूचक घटेको भए पनि टेलिकमको सेयर मूल्य भने प्रतिकित्ता ९ रुपैयाँ बढेको हो। अघिल्लो वर्षको नाफाबाट ४० प्रतिशत लाभांश दिएको कम्पनीले यो वर्ष पनि सोही हाराहारीमा नगद लाभांश दिने सम्भावना रहेको छ। केही समय अगाडि बोनस सेयरसम्मका चर्चा चले पनि यसपटक पनि त्यो सम्भावना छैन। 

बोनस सेयर दिएर चुक्ता पुँजी बढाउने दबाबमा नरहेकोले यस वर्ष पनि नगद लाभांश मात्रै दिने तयारी टेलिकमको रहेको छ। कम्पनीको ५२ हप्तामा न्यूनतम मूल्य ९७२ रुपैयाँ रहेको थियो। अधिकतम भने १६८३ सम्म पुगेको थियो।  

ntc 1.PNG

खासगरी नाफा राम्रो कमाएकाले लाभांश बढी दिने आशामा लगानीकर्ता केन्द्रित भएका छन्। गत वर्ष ४० प्रतिशत नगद लाभांश दिएको थियो। यसवर्ष पनि कम्पनीको क्षमता ४० देखि ५५ प्रतिशतसम्म लाभांश दिने देखिन्छ। 

यस वर्ष पनि बोनस सेयरको हल्ला चलाइएको छ। तर १० वर्षको इतिहासमा हालसम्म नगद मात्रै लाभांश दिएको छ। कम्पनीको १५ करोड कित्ता सेयर रहेको छ। १५ अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको छ। कम्पनीको बजार पुँजीकरण २ खर्ब ४९ अर्ब रुपैयाँ पुगेको कम्पनीले १० वर्षयता ४० प्रतिशतभन्दा कम लाभांश दिएको छैन। सबैभन्दा धेरै आर्थिक वर्ष २०७३/७४ मा ५५ प्रतिशत लाभांश दिएको थियो।

ntc 3.PNG

 


प्रकाशित : बिहीबार , फागुन ५ २०७८०१:११
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend