बिहीबार , असार ४ गते २०८३    
बिहीबार , असार ४ २०८३

सिप्रदी ट्रेडिङ र सिद्धार्थ बैंकबीच टाटा ईभी ट्याक्सी-एक्सप्रेस टीको वित्तीय सुविधासम्बन्धी सम्झौता

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, असार १७ २०८२
सिप्रदी ट्रेडिङ र सिद्धार्थ बैंकबीच टाटा ईभी ट्याक्सी-एक्सप्रेस टीको वित्तीय सुविधासम्बन्धी सम्झौता

‘एक्सप्रेस-टी’ विद्युतीय ट्याक्सी अत्याधुनिक विभिन्न विशेषताहरुका कारणले ग्राहक, यात्रु तथा सञ्चालकहरुले मन पराएका छन्।

काठमाडौं- टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालि र सिद्धार्थ बैंक लिमिटेडबीच टाटा इलेक्ट्रिक ट्याक्सी एक्सप्रेस टी खरिदका लागि वित्तीय सहजीकरणसम्बन्धी सम्झौता भएको छ।

उक्त सहकार्यअनुसार सिप्रदी ट्रेडिङमार्फत टाटा मोटर्स अन्तर्गतका विद्युतीय ट्याक्सी खरिद गर्ने ग्राहकहरूले सिद्धार्थ बैंकबाट छिटो, सहज र सुलभ ब्याजदरमा सवारी साधन प्राप्त गर्न सक्ने छन् र सो कर्जाको अवधि ५ वर्ष रहनेछ।

सम्झौतामा सिप्रदी ट्रेडिङको तर्फबाट महाप्रबन्धक सावन्तजंग सिजापति र सिद्धार्थ बैंकको तर्फबाट मुख्य खुद्रा बैंकिङ प्रमुख मनोहर केसीले हस्ताक्षर गरेका हुन्।   

यो साझेदारीले स्वरोजगारीसँगै विद्युतीय ट्याक्सीको प्रयोगमा तीव्रता ल्याउनुका साथै सार्वजनिक यातायात प्रणालीमा योगदान पुर्याउने विश्वास लिइएको छ।

‘एक्सप्रेस-टी’ विद्युतीय ट्याक्सी अत्याधुनिक विभिन्न विशेषताहरुका कारणले ग्राहक, यात्रु तथा सञ्चालकहरुले मन पराएका छन्। 

नयाँ प्रविधिका साथमा आकर्षक तथा सुरक्षित बनावट, पर्याप्त ठाउँ भएको ठूलो गाडी, सामान राख्न पर्याप्त बुट स्पेस तथा आरामदायी भएको कारणले गर्दा पनि यो विद्युतीय गाडी ग्राहक, यात्रु तथा सञ्चालक हरुको रोजाइमा परेको हो।


प्रकाशित : मंगलबार, असार १७ २०८२१७:४७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend