काठमाडौं- इमर्जिङ्ग नेपालका प्राथमिक सेयरधनीहरूका पहिलो दिनमै ३ हजार १ सय ५२ रुपैयाँ कमाउने देखिएको छ। कम्पनीले दोस्रो बजारमा पहिलो कारोबारका लागि न्यूनतम १०५.११ रुपैयाँदेखि अधिकतम ३१५.३३ रुपैयाँको रेञ्ज पाउने देखिन्छ।
यदि अधिकतम रेञ्जमा कारोबार भयो भने लगानीकर्ताले पहिलो दिनमै ३ हजार १ सय ५२ रुपैयाँ कमाउने छन्। पहिलो कारोबारको लागि कम्पनीले किताबी मूल्यदेखि किताबी मूल्यको तीन गुणासम्म रेञ्ज पाउने गर्छन्। कम्पनीको आर्थिक वर्ष ०७७/७८ को वास्तविक नेटवर्थ १०५.११ रुपैयाँ छ। कम्पनीकाे आर्थिक वर्ष ०७६/७७ मा १०३.१० रहेकाे थियाे। भने आगामी वर्ष १०६.३७ हुने प्रक्षेपण समेत गरेको छ।
नियमअनुसार पहिलो कारोबार हुनुभन्दा अगाडि स्पेसल प्रि ओपनिङ सेसनमा सो रेञ्जभित्रै कारोबार हुनुपर्छ। त्यसपछि मात्र कम्पनीको नियमित समयमा सेयर कारोबार सुरु हुन्छ। कम्पनीमा नेपाल सरकार सहित ठूला व्यापारिक घरनाको समेत लगानी रहेकोले सेयर मूल्य माथिनै जाने अनुमान समेत गरिएको छ।
इमर्जिङ्ग नेपाल लिमिटेडको साधारण सेयर (आईपीओ) ५१ हजार ६ सय ७० जनाले मात्रै न्यूनतम १० कित्ताको दरले सेयर पाएका छन्। यसमध्ये भाग्यमानी ८ जनाले थप १/१ कित्ता गरी ११ कित्ता सेयर पाएका छन्। कम्पनीको आईपीओमा २३ लाख २८ हजार ७०६ जना योग्य आवेदकबाट २ करोड ६४ लाख १ हजार ९७० कित्ता सेयरको लागि आवेदन गरेको थियो।
कम्पनीले कम्पनीले माघ २६ गतेदेखि फागुन १ गतेसम्म निष्कासन गरेको कुल ५ लाख ५५ हजार कित्ता सेयरमध्ये २ प्रतिशत अर्थात ११ हजार ११२ कित्ता कर्मचारीहरूलाई र ५ प्रतिशत अर्थात २७ हजार ७८० कित्ता सामूहिक लगानी कोषहरूलाई सुरक्षित गरी बाँकी ५ लाख १६ हजार ७०८ कित्ता सेयर सर्वसाधारणको लागि बिक्री खुला गरेको थियो।