सोमबार, असार १६ गते २०८२    
सोमबार, असार १६ २०८२
images
images

४५ चेपाङ परिवारलाई इच्छाकामना गाउँपालिकाले बनाइदियो घर

images
सोमबार, असार १६ २०८२
images
images
४५ चेपाङ परिवारलाई इच्छाकामना गाउँपालिकाले बनाइदियो घर

गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङका अनुसार तीन करोड १९ लाख ६३ हजार एकसय २८ रुपैयाँ लागतमा ती घर निर्माण गरिएको हो।

images
images

चितवन- इच्छाकामना गाउँपालिकाले ४५ चेपाङ परिवारलाई घर हस्तान्तरण गरेको छ। गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङका अनुसार तीन करोड १९ लाख ६३ हजार एकसय २८ रुपैयाँ लागतमा ती घर निर्माण गरिएको हो।

images
images

वडा नम्बर १ मा सात, वडा नम्बर २ मा पाँच, वडा नम्बर ३ मा पाँच, वडा नम्बर चारमा ६, वडा नम्बर ५ मा पाँच, वडा नम्बर ६ मा आठ र वडा नम्बर ७ मा ९ वटा घर निर्माण गरी हस्तान्तरण गरिएको हो।

images
images

वडा नम्बर ४ को  खैरहनीटार स्थित कमला चेपाङलाई हस्तान्तरण गर्न निर्माण गरिएको घरमा कार्यक्रमको आयोजना गरी सबै परिवारलाई घर हस्तान्तरण गरिएको हो।

images
images
images

त्यस अवसरमा प्रमुख अतिथि जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले क्रमश: ग्रामीण क्षेत्रका विपन्न परिवारलाई घर निर्माण गर्नुपर्ने बताए। गाउँपालिका अध्यक्ष गुरुङले वडाहरुले छनोट गरेका परिवारलाई कार्यपालिकाले निर्णय गरी घर निर्माण गरेको जानकारी दिएका छन्।

गत आर्थिक वर्षमा २२ वटा घर निर्माण गरेकोमा चालु आवमा दोब्बर सङ्ख्यामा घर बनाइएको हो।अधिकांश पहाडी भूभाग रहेको इच्छाकामनामा बहुसङ्ख्यक चेपाङ बसोबास गर्छन्। घर हस्तान्तरण कार्यक्रममा गाउँपालिका उपाध्यक्ष माया सिलवालसहित वडा अध्यक्षलगायत स्थानियको सहभागीता रहेको थियो। रमसस


प्रकाशित : सोमबार, असार १६ २०८२१३:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend