शुक्रबार, साउन ८ गते २०८३    
शुक्रबार, साउन ८ २०८३

एमसीसी पास हुने चर्चाले बढेको बजार संसदमा पेश नभएपछि घट्यो

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, फागुन ४ २०७८
एमसीसी पास हुने चर्चाले बढेको बजार संसदमा पेश नभएपछि घट्यो

तीन महिनादेखि रोकिएको ब्याजदर वृद्धि फागुनमा दोहोरो अंक पुग्ने निश्चित भएपछि यसको असर सेयर बजारमा देखिएको छ। 

काठमाडौं- अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) को सिधा असर सेयर बजारमा परेको छ। मंगलबार एमसीसी पास हुने चर्चासँगै ५३ अंकले बढेको बजार बुधवार एमसीसी संसदमा टेबल नभएपछि घटेको छ। 

बुधवार कारोबार सुरु हुँदा एमसीसीले संसदमा प्रवेश पाउने भन्दै बजार बढाइएको थियो। तर दिउसो संसदमा पेश नभएपनि बजार घट्न थालेको थियो। 

जसका कारण बुधवार १९.८४ अंकको गिरावट देखिएको छ। २७३४.४४ बिन्दुमा नेप्से सीमित भएको छ। आज कारोबार पनि ३ अर्ब २ करोड रुपैयाँको कारोबार मात्र भएको छ। 

साताको पहिलो दिन आइतबार सेयर बजारमा १०१ अंकको पहिरो गएपनि सोमबार केही सम्हालिएको बजार मंगलबार भने बढेको थियो। 

वाणिज्य बैंकहरूले ब्याज बढाउनुको साथै राष्ट्र बैंकले ल्याउने मौद्रित नीतिको समिक्षाको त्रासले लगानीकर्ता आत्तिएपछि सेयर बजारमा भारी गिरावट आएको थियो।  विदेशी मुद्रा सञ्चितिमा दबाब परेपछि राष्ट्र बैंकले आयातमा कडाइदेखि एकपछि अर्को निर्णय गर्दै जाँदा त्यसको असर सेयर बजारमा पनि परिरहेको छ। एमसीसी पास हुने विषयले पनि सेयर बजारमा प्रभाव परेको देखिन्छ।

लगानीकर्ताहरुमा एमसीसी पास भएमा विदेशी मुद्रा नेपाल आउने र पुँजी आपूर्ति बढ्ने विश्वास लगानीकर्ताले गर्दै आएका छन्। तर बुधवार एमसीसीको विषयले संसदमा प्रवेश नपाउने तथा माओवादी केन्द्रले लगायत पार्टीले विपक्षमा मतदान गर्ने निर्णयसंगै सेयर बजारमा गिरावट आएको हो। 

मंगलबार नेप्से परिसूचक ५३.३० अंकले बढेर २७५४.२८ बिन्दुमा पुगेको छ। ६३ लाख ४३ हजार कित्ता सेयर किनबेच हुँदा ३ अर्ब २३ करोड ३३ लाख रुपैयाँ कारोबार भएको हो। 

सोमबार नेप्से परिसूचक ०.०८ अंकले बढेर २७००.९८ बिन्दुमा पुगेर बन्द भएको थियो। ७५ लाख ४९ हजार कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ६८ करोड रुपैयाँको कारोबार भएको थियो। सोमबार १११ कम्पनीको सेयर मूल्य बढ्दा ६९ कम्पनीको घटेको र ११ कम्पनीको सेयर मूल्य स्थिर रहेको थियो। 

आइतबार १०१.२४ अंकले घटेर २७००.३२ बिन्दुमा पुगेको थियो। जहाँ १ सय ९० कम्पनीकै सेयर मूल्य घटेको थियो भने १ कम्पनीको मूल्यमा परिवर्तन आएको थिएन। आइतबार ५ अर्ब ९७ करोड रूपैयाँको कारोबार भएको थियो।  जसका कारण चुनाव घोषणापछि पनि नेप्से परिसूचक लगातार घटिरहेको छ।

तीन महिनादेखि रोकिएको ब्याजदर वृद्धि फागुनमा दोहोरो अंक पुग्ने निश्चित भएपछि यसको असर सेयर बजारमा देखिएको छ। 


प्रकाशित : बुधबार, फागुन ४ २०७८०९:११
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend