बिहीबार , असार ४ गते २०८३    
बिहीबार , असार ४ २०८३

एलईभी ०१ को लेभलअप एक्सचेन्ज कार्निभल सुरू

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, असार १५ २०८२
एलईभी ०१ को लेभलअप एक्सचेन्ज कार्निभल सुरू

साथै ग्राहकले आकर्षक क्यास डिस्काउन्ट, एक्सचेन्ज बोनस, ६.६ किलोवाटको. वालमाउण्टेड चार्जर, १ वर्षको सडक कर, १ वर्षको इन्स्योरेन्स निःशुल्क पाउने छन्।

काठमाडौं- एलईभी ०१ को लेभलअप एक्सचेन्ज कार्निभल सुरू भएको छ। नेपालको लागि एलएस अटोको आधिकारिक बिक्रेता नेक्सन भेन्चरले तीनकुनेमा नयाँ शोरुम सञ्चालनमा ल्याएको उपलक्ष्यमा आजदेखि एक्सचेन्ज कार्निभल सुरू गरेको हो।

यो कार्निभल एक हप्तासम्म सञ्चालन हुने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार कार्निभलमा ग्राहकले आफूसँग भएको जुनसुकै पुरानो गाडी एलएस अटोको एलईभी १ एसयूभी साट्न सक्नेछन् ।

साथै ग्राहकले आकर्षक क्यास डिस्काउन्ट, एक्सचेन्ज बोनस, ६.६ किलोवाटको. वालमाउण्टेड चार्जर, १ वर्षको सडक कर, १ वर्षको इन्स्योरेन्स निःशुल्क पाउने छन्।

सेग्मेन्टमै सबैभन्दा बढी २१० एमएमको ग्राउण्ड क्लियरेन्स रहेको एलईभी ०१ मा ६७.१२ किलोवाट आवरको ब्याट्रीप्याक दिएको छ। यसले ५०० किलोमिटरसम्मको रेन्ज दिने कम्पनीको दाबी छ।

एलईभी ०१ मा ८ वर्ष वा १ लाख ५० हजार किलोमिटरसम्मको वारेन्टी रहेको छ। नेपली बाजारमा एलएस अटोको एलईभी ०१ स्ट्याण्डर्ड एडिसन र कम्फर्ट एडिसन गरी दुई भेरियन्टमा उपलब्ध छ।

एलईभी ०१ को एसई भेरियन्टको मूल्य ५९.९५ लाख र सीई भेरियन्टको ६४.९५ लाख रुपैयाँ रहेको छ।


प्रकाशित : आइतबार, असार १५ २०८२१७:५१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend