आइतबार, असार १५ गते २०८२    
आइतबार, असार १५ २०८२
images
images

लुम्बिनीमा ७२ हजार पाँच सय २० हेक्टरमा धान रोपाइँ

images
आइतबार, असार १५ २०८२
images
images
लुम्बिनीमा ७२ हजार पाँच सय २० हेक्टरमा धान रोपाइँ

धान रोपाइँ गर्ने समय आज असार १५ गतेसम्मको तथ्यांकअनुसार हालसम्म ७२ हजार पाँच सय २० हेक्टर क्षेत्रफलमा मात्र रोपाइँ सम्पन्न भएको छ।

images
images

लुम्बिनी- लुम्बिनी प्रदेशमा यस वर्ष ७२ हजार हेक्टरभन्दा बढी क्षेत्रमा धान रोपाइँ सकिएको छ। धान रोपाइँ गर्ने समय आज असार १५ गतेसम्मको तथ्यांकअनुसार हालसम्म ७२ हजार पाँच सय २० हेक्टर क्षेत्रफलमा मात्र रोपाइँ सम्पन्न भएको छ।

images
images

यो जम्मा सम्भावित क्षेत्रफलको २३ दशमलव ९४ प्रतिशत हो। लुम्बिनी प्रदेशमा कूल तीन लाख दुई हजार ९ सय ३९ हेक्टर क्षेत्रफलमा धानखेती हुने गर्छ। प्रदेशमा कूल खेतीयोग्य जमिन ६ लाख ८० हजार १५ हेक्टर  रहेको छ।

images
images

लुम्बिनी प्रदेश सरकारको कृषि मन्त्रालयअन्तर्गत कृषि विकास निर्देशनालयका महानिर्देशक रामप्रसाद पाण्डेले प्रदेशमा पछिल्ला वर्षमा धान उत्पादनमा वृद्धि हुँदै गएको बताए। प्रदेशका जिल्लामा रोपाइँको स्थिति फरकफरक देखिएको छ।

images
images
images

प्रदेशका जिल्लामध्ये सबैभन्दा बढी प्यूठानमा ८२ प्रतिशत रोपाइँ सम्पन्न भएको छ भने सबैभन्दा कम गुल्मीमा पाँच प्रतिशत मात्र रोपाइँ भएको छ। प्रमुख धान उत्पादक जिल्लाका रूपमा कपिलवस्तु र रुपन्देही रहेका छन्। 

यी जिल्लामा कपिलवस्तुमा २१ दशमलव ८२ प्रतिशत र रुपन्देहीमा २१ दशमलव शून्य ६ प्रतिशत धानले क्षेत्रफल ओगटेको छ। सबैभन्दा कम धान रोपाइँ क्षेत्रफल ओगट्ने जिल्ला भने रुकुमपूर्व रहेको छ। त्यस जिल्लाले एक दशमलव ४६ प्रतिशत हिस्सा ओगटेको छ।

यस वर्ष आजसम्म कपिलवस्तुमा कुल ६५ हजार ८७१ हेक्टर क्षेत्रफलमा रोपाइँ हुने भए पनि हालसम्म चार हजार ६ सय ११ हेक्टरमा रोपाइँ भएको छ। दाङमा ३७ हजार दुई सय २५ हेक्टरमध्ये ६ हजार तीन सय २८ हेक्टरमा धान रोपाइँ भएको छ। बर्दियामा ५० हजार १५० हेक्टरमध्ये १३ हजार सात सय १४ हेक्टरमा धान रोपाइँ भएको छ।

यस्तै बाँकेमा ३४ हजार सात सय ११ हेक्टरमध्ये तीन हजार ८ सय १८ हेक्टरमा मात्रै धान रोपाइँ भएको छ। पाल्पा, अर्घाखाँची, गुल्मी, रोल्पाजस्ता पहाडी जिल्लामा पनि न्यून रोपाइँ भएको छ। गत वर्ष लुम्बिनी प्रदेशमा तीन लाख एक हजार ८ सय ९ हेक्टर क्षेत्रफलमा धानबाली लगाइएको थियो।

प्रदेश सरकारले धान उत्पादन वृद्धिका लागि प्रदेश सरकारले बीउ उत्पादन, प्रविधि प्रदर्शन, सिँचाइ, सघनता वृद्धि, चैते धान प्रबर्द्धन, रैथाने जात संरक्षणलगायत विविध कार्यक्रम सञ्चालन गरिरहेको महानिर्देशक रामप्रसाद पाण्डेले बताए।

प्रदेशमा हाल सावित्री, सामा मन्सुली, हर्दिनाथ ६, राधा ४, सुक्खा धान १ र २, गंगासागर १ र २, खुमल बास्मती लगायतका जात हुने गरेको छ। यसका साथै धानका परम्परागत बीउ तिल्की, सिम्थारो, कालानमक, हंशराज, झिनुवा, मनसरा जस्ता स्थानीय जातको प्रयोग पनि बढ्दो छ।

यसैगरी प्रदेशमा धानखेतीले कूल खाद्यान्न उत्पादनमा ५६ दशमलव १५ प्रतिशत र कूल उपभोग्य खाद्यान्नमा ४३ दशमलव ८७ प्रतिशत योगदान पुर्‍याइरहेको तथ्यांक रहेको छ। राष्ट्रिय धान दिवसका अवसरमा प्रदेश कृषिमन्त्री दिनेश पन्थीले लुम्बिनी प्रदेशलाई ‘अर्गानिक’ प्रदेश बनाउने गरी सरकारले विशेष अभियान थालेको जानकारी दिए।

सो अभियानको सुरुआत प्रदेशको रुकुमपूर्वबाट गरिएको उनकाे भनाइ छ। कृषि सचिव यामनारायण देवकोटाले धान प्रमुख खाद्यान्न बाली मात्र नभई संस्कार र परम्परासँग जोडिएकाले यसको प्रबर्द्धनमा सरकार प्रतिबद्ध रहेको बताए। रासस


प्रकाशित : आइतबार, असार १५ २०८२१३:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend