आइतबार, असार १५ गते २०८२    
आइतबार, असार १५ २०८२
images
images

बुटवल-नारायणगढ सडक पूर्णरूपमा अवरुद्ध

images
आइतबार, असार १५ २०८२
images
images
बुटवल-नारायणगढ सडक पूर्णरूपमा अवरुद्ध
फाइल तस्बिर

विनयी खोलामा मालबाहक सवारीसाधनका लागि सञ्चालन गरिएको डाइभर्सन र साना तथा यात्रुबाहक बसका लागि प्रयोग गरिएको वैकल्पिक भित्री सडकमा बाढी आएपछि अहिले यातायात पूर्णरूपमा बन्द भएको हाे।

images
images

नवलपरासी- बुटवल-नारायणगढ सडक खण्डअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को दुम्कीवास क्षेत्रको वैकल्पिक मार्गमा पर्ने खोलामा बाढी आएपछि सडक पूर्णरूपमा अवरुद्ध भएको छ।

images
images

विनयी त्रिवेणी गाउँपालिका-१ स्थित विनयी खोलामा मालबाहक सवारीसाधनका लागि सञ्चालन गरिएको डाइभर्सन र साना तथा यात्रुबाहक बसका लागि प्रयोग गरिएको वैकल्पिक भित्री सडकमा बाढी आएपछि अहिले यातायात पूर्णरूपमा बन्द भएको हाे।

images
images

जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक यादव ढकालले यातायात पूर्णरूपमा बन्द भएको जानकारी दिएका छन्। ‘अहिले यस सडक खण्डको डाइभर्सन र वैकल्पिक मार्ग होङ्सी गेट, सर्दी हुँदै ज्यामिरे राजमार्गमा सवारी आवागमन रोकेर सवारीसाधनलाई सुरक्षित स्थानमा राखिएको छ’ उनले भने।

images
images
images

उनका अनुसार वर्षाका कारण विनयी त्रिवेणी-३ स्थित खरंगे खोलामा पानीको बहाव बढेपछि उक्त वैकल्पिकमार्ग पनि पूर्णरूपमा अवरुद्ध बनेको हो। ‘अहिले यस सडक क्षेत्रको दाउन्ने दुम्कीवास खण्डमा कुनै पनि सवारीसाधान आवतजावत गर्न नसक्ने स्थिति सिर्जना भएको छ’ प्रहरी उपरीक्षक ढकालले भने।

निरन्तरको वर्षासँगै पूर्व-पश्चिम राजमार्गअन्तर्गत विनयी खोलामा निर्माण गरिएको अस्थायी डाइभर्सन पानीको बहाव बढेपछि पटक-पटक बगाउँदै आएको छ। रासस


प्रकाशित : आइतबार, असार १५ २०८२१२:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend