शनिबार, असार १४ गते २०८२    
शनिबार, असार १४ २०८२
images
images

चुरेका डाँडाहरुमा वृक्षरोपण अभियान सुरु

images
शनिबार, असार १४ २०८२
images
images
चुरेका डाँडाहरुमा वृक्षरोपण अभियान सुरु

डिभिजन वन कार्यालय सिरहाले राष्ट्रिय वृक्षरोपण दिवसको अवसर पारेर लहान, गोलबजार, मिर्चैया, कर्जनालगायतका चुरे क्षेत्रमा एकसाथ वृक्षरोपण अभियान थालेको हो।

images
images

सिरहा- जिल्लास्थित चुरे क्षेत्रका नांगा डाँडाहरू हरियालीमा बदलिने भएका छन्। डिभिजन वन कार्यालय सिरहाले राष्ट्रिय वृक्षरोपण दिवसको अवसर पारेर लहान, गोलबजार, मिर्चैया, कर्जनालगायतका चुरे क्षेत्रमा एकसाथ वृक्षरोपण अभियान थालेको हो।

images
images

लहान नगरपालिका-१५ मा पर्ने झौवाई खोल्सी चुडियाडाँडा सामुदायिक वन क्षेत्रको खाली जग्गामा वन कार्यालयको संलग्नतामा आज टिक, बाँसपाते, गोल्डमोहर, जामुन, अम्बकलगायत एक हजार पाँच सय बढी बिरुवा रोपिएका सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष लगनलाल चौधरीले जानकारी दिए।

images
images

उक्त बिरुवाको संरक्षण उपभोक्ता समितिले गर्ने उनले स्पष्ट पारे। लहान-१५ को कोइरालो खोला सामुदायिक वन उपभोक्ता समितिले पनि आँप, कागतीलगायत करिब पाँच सय फलफूलका बिरुवा वनभित्रको खाली क्षेत्रमा रोपेको समितिका अध्यक्ष रुद्र नारायण चौधरीले बताए।

images
images
images

एक नागरिक, एक बिरुवा’ भन्ने नारासहित यो महाअभियानले चुरे क्षेत्रका उजाड डाँडाहरूलाई फेरि हरियालीमा परिणत गर्ने लक्ष्य लिएको डिभिजन वन कार्यालयले जनाएको छ। कार्यालयका प्रमुख शैलेन्द्रकुमार मिश्रले भन्छन्, ‘स्थानीय तह, सामुदायिक वन उपभोक्ता समिति र नागरिक समाजको सहकार्यमा थालिएको अभियानले चुरेको वातावरणीय संरक्षणमा ठूलो टेवा पुग्ने विश्वास लिएका छौँ।’

चुरेको नांगा डाँडामा गरिएको वृक्षरोपणलाई दिगो रूपमा संरक्षण गर्न आवश्यक रहेको भन्दै उनले ती बिरुवालाई जोगाएर हुर्काउने र वन क्षेत्रलाई स्थायी रूपमा हरियाली बनाउने कार्यमा स्थानीय सामुदायिक वन समितिसँग समन्वय र सहकार्य गर्दै अघि बढ्ने स्पष्ट पारे। उनले माटोको कटान, भू-क्षय, पानीको अभावलगायत समस्या समाधान गर्न वृक्षरोपणले सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे।

‘चुरे पहाड र मधेशबीचको सम्बन्ध केवल भौगोलिक मात्र होइन, जलवायु, जलस्रोत, कृषि, जीविकोपार्जन र वातावरणीय सुरक्षासँग गाँसिएको विषय हो’ वातावरणविद उमेश यादवले भन्छन्, ‘चुरे संरक्षित रह्यो भनेमात्र मधेस सुरक्षित रहन्छ। कृषि उत्पादन बढ्छ, बाढी र सुक्खा हुनेक्रम घट्छ। भविष्यका पुस्तालाई शुद्ध हावा र पानी उपलब्ध गराउन सकिन्छ। त्यसैले चुरे संरक्षणका लागि गम्भीर, दीर्घकालीन र समन्वित कदम चाल्न आवश्यक छ।’ रासस


प्रकाशित : शनिबार, असार १४ २०८२१७:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend