बिहीबार , असार ४ गते २०८३    
बिहीबार , असार ४ २०८३

हुन्डाईको क्रेटा ईभी धनगढीमा सार्वजनिक, अन्तरक्रिया कार्यक्रममा उत्साहजनक प्रतिक्रिया र व्यापक सहभागिता

बिहीबार , असार १२ २०८२
हुन्डाईको क्रेटा ईभी धनगढीमा सार्वजनिक, अन्तरक्रिया कार्यक्रममा उत्साहजनक प्रतिक्रिया र व्यापक सहभागिता

ईभी सार्वजनिक गर्दै हुन्डाईले विशेष अन्तरक्रिया कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ। यस कार्यक्रममा अहिलेसम्मकै व्यापक सहभागीता र उत्साहजनक प्रतिक्रिया प्राप्त भएको बताइएको छ।

धनगढी- धनगढीमा हुन्डाईको नयाँ क्रेटा ईभी सार्वजनिक भएको छ। नेपालका लागि हुन्डाई सवारी साधनको एक मात्र आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले धनगढी क्षेत्रमा नयाँ क्रेटा ईभी सार्वजनिक गरेको हो।

ईभी सार्वजनिक गर्दै हुन्डाईले विशेष अन्तरक्रिया कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ। यस कार्यक्रममा अहिलेसम्मकै व्यापक सहभागीता र उत्साहजनक प्रतिक्रिया प्राप्त भएको बताइएको छ।

ग्राहकलाई प्रदान गर्दै आएको उच्च गुणस्तरीय सेवा, उत्कृष्ट मूल्यमा विश्वसनीय गाडी र देशभर फैलिएको व्यापक नेटवर्कका कारण हुन्डाई नेपालले सम्पूर्ण उपभोक्ताहरूको मन जित्दै आफूलाई नेपालको उत्कृष्ट अटो ब्राण्डको रुपमा स्थापित गरिसकेको छ।

कम्पनीका अनुसार नयाँ क्रेटा ईभीको आगमनले विद्युतीय सवारी बारे दुविधा भएका ग्राहकहरूलाई स्पष्ट निर्णय लिन सजिलो बनाउनेछ। धेरैलाई ईभी खरिद गर्दा स्पेयर पार्ट्सको उपलब्धता, सेवा शुल्क र दीर्घकालीन ब्राण्ड सपोर्टको विषयमा शंका हुने गर्दछ।

तर, हुन्डाई नेपालले देशमै क्रेटा आईसीई पेट्रोल मोडलको निर्माण कार्य थालिसकेको र क्रेटा ईभी तथा आईसीई दुवै मोडलमा एउटै प्लेटफर्म प्रयोग हुने भएकोले गाडी खरिद पछिको सेवा सुविधामा अब कुनै पनि समस्या नहुने दाबी हुन्डाईको छ। साथै हुन्डाईले ईभी इकोसिस्टमलाई अझै मजबुत बनाउन री-लक्स चार्जिङ नेटवर्क विस्तार गर्दै छ।

जसअन्तर्गत अहिले नै देश भरका विभिन्न ठाउँहरुमा री-लक्स एसी र री-लक्स डीसी गरी ६६ चार्जर सुचारु भइसकेको छ। यसले गर्दा ग्राहकहरूलाई हुन्डाईको पेट्रोल र ईभी कुनै पनि गाडी खरिद गर्दा सेवा, पार्ट्स र सपोर्टमा कुनै किसिमको कमी नहुने दाबी कम्पनीले गरेको छ। नेपालभर यो सन्देश फैलाउन कम्पनीको उच्च व्यवस्थापन टोलीले देशका विभिन्न सहरमा डिलरहरूसँग प्रत्यक्ष भेटघाट गरिरहेको छ।

सोही अभियान अन्तर्गत कम्पनीले असार ११ गते दिनेश फोर हुईल्स् प्रालि (हुन्डाईको आधिकारिक डिलर) को आयोजनामा होटल फ्लोरा, छटकपुर, धनगढीमा आयोजित विशेष भेटघाट कार्यक्रममा नयाँ क्रेटा ईभी सार्वजनिक गरेको थियो। जहाँ क्रेटा ईभीसहित हुन्डाईका अरु नयाँ मोडलहरू पनि प्रदर्शन गरिएको थियो। यस कार्यक्रममा ग्राहकको हुन्डाईप्रति उत्साहजनक क्रेज र विश्वास उल्लेखनीय रुपमा देखियो।

साथै प्रतिक्रिया र सहभागिता उल्लेखनीय रुपमा रह्यो। कम्पनीका प्रतिनिधिहरूले कार्यक्रमका सहभागीहरूसँग प्रत्यक्ष संवाद गर्दै हुन्डाई गाडी सम्बन्धी विस्तृत जानकारी र आवश्यक सहयोग प्रदान गरेका थिए। कम्पनीले राष्ट्रको सफा र स्मार्ट भविष्यतर्फको यात्रालाई अगाडि बढाउँदै देशभर रहेका आफ्ना ग्राहकहरूसँगको सम्बन्धलाई थप बलियो बनाउने अठोट व्यक्त गरेको छ।


प्रकाशित : बिहीबार , असार १२ २०८२१५:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend