बिहीबार , असार ४ गते २०८३    
बिहीबार , असार ४ २०८३

ओमोडा र जेइकोमा मनसुन अफर : एक वर्षका लागि शून्य ब्याजदर, आकर्षक नगद छुट र एक्सचेन्ज बोनस

बुधबार, असार ११ २०८२
ओमोडा र जेइकोमा मनसुन अफर : एक वर्षका लागि शून्य ब्याजदर, आकर्षक नगद छुट र एक्सचेन्ज बोनस

यस योजनाअन्तर्गत ग्राहकहरूले मात्र २० प्रतिशत डाउनपेमेन्टमा ओमोडा र जेइको दुवै ब्रान्डको गाडी खरिद वा एक्सचेन्ज गर्न सक्नेछन्।

काठमाडौं- ओमोडा एन्ड जेइकोको नेपालका लागि आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले मनसुनलक्षित देशव्यापी ‘मेगा मनसुन अपग्रेड’ योजना सार्वजनिक गरेको छ।

ओमोडा एन्ड जेइको ब्रान्डका गाडीहरूमा जुनसुकै ब्रान्डको पुरानो गाडी एक्सचेन्ज गर्दा १ वर्षको लागि शून्य ब्याजदर, आकर्षक नगद छुट र एक्सचेन्ज बोनस उपलब्ध हुनेछ। यो योजना असार ११ गतेदेखि लागु भएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार देशभर सञ्चालन हुने यो मनसुन अपग्रेड अफरले नयाँ इलेक्ट्रिक गाडीमा अपग्रेड हुन चाहने ग्राहकहरूलाई वित्तीय सहजता थप्नुका साथै विविध फाइदाहरू प्रदान गर्नेछ। यस योजनाअन्तर्गत ग्राहकहरूले मात्र २० प्रतिशत डाउनपेमेन्टमा ओमोडा र जेइको दुवै ब्रान्डको गाडी खरिद वा एक्सचेन्ज गर्न सक्नेछन्।

योजना अवधिभर गाडी खरिद वा एक्सचेन्ज गर्ने ग्राहकहरूले, ७ किलोवाट क्षमताको एसी चार्जर, १ वर्षको नि:शुल्क अटो प्लस इन्स्योरेन्स र मोटर तथा ब्याट्रीमा ८ वर्षको एक्सटेन्डेड वारेन्टी प्राप्त गर्दै निर्धक्क स्वामित्व अनुभवको लाभ लिन सक्नेछन्।

पुराना गाडी एक्सचेन्ज गर्दा आकर्षक एक्सचेन्ज बोनस प्राप्त गर्न सकिनेछ भने नयाँ ईभी खरिद गर्दा १ वर्ष सम्म शून्य ब्याजदरसहित ८० प्रतिशतसम्मको फाइनान्सिङ सुविधा पनि उपलब्ध हुनेछ। साथै, गाडी खरिद गर्दा ग्राहकहरूले सोझै नगद लाभ पनि प्राप्त गर्नेछन्।

ग्राहकहरूले आफ्नो हालको गाडी एक्सचेन्ज गर्दै आफ्नो चाहना र आवश्यक्ताअनुसार सुहाउँदो ओमोडा एन्ड जेइकोको अत्याधुनिक इलेक्ट्रिक गाडीका मोडलहरू: ओमोडा ई-फाइभ एलयुएक्स, ओमोडा ई-फाइभ डिएलएक्स र जेइको जे-सिक्स मध्ये एकमा अपग्रेड गर्न सक्नेछन्।


प्रकाशित : बुधबार, असार ११ २०८२१८:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend