बिहीबार , असार ४ गते २०८३    
बिहीबार , असार ४ २०८३

प्रतितोला १५ सय रूपैयाँले सस्तियो सुन, चाँदीको पनि घट्यो

बुधबार, असार ११ २०८२
प्रतितोला १५ सय रूपैयाँले सस्तियो सुन, चाँदीको पनि घट्यो

बुधबार सुनको मूल्य प्रतितोला १५ सय रूपैयाँले सस्तिएको छ भने चाँदीको मूल्य पनि तोलामा २० रूपैयाँले घटेको छ।

काठमाडौं- मंगलबार तोलामा एक हजार ७ सय रूपैयाँले घटेको सुनको मूल्य बुधबार पनि प्रतितोला एक हजार ५ सय रूपैयाँले सस्तिएको छ। बुधबारका लागि सुनको मूल्य प्रतितोला एक लाख ९२ हजार रूपैयाँ तोकिएको छ।

यो साता मंगलबार सुन प्रतितोला एक लाख ९३ हजार ५ सय रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, चाँदी पनि मंगलबारको तुलनामा बुधबार प्रतितोला २० रूपैयाँले सस्तिएको छ।

मंगलबार प्रतितोला दुई हजार १ सय ६० रूपैयाँमा कारोबार भएको चाँदी बुधबार प्रतितोला दुई हजार १ सय ४० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।


प्रकाशित : बुधबार, असार ११ २०८२१२:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend