काठमाडौं- एमजी मोटर्सको नेपालका लागि आधिकारिक ब्रिकेता पारामाउन्ट मोटर्सले एमजीका ग्राहकलाई सुलभ मूल्यमा स्पेयर पार्ट्स उपलब्ध गराउने जनाएको छ। विद्युतीय सवारीको सर्भिस र स्पेयर पार्ट्स सुलभ मूल्यमा उपलब्ध हुने सन्देश पारामाउन्ट मोटर्सले दिएको छ।
कम्पनीले आफ्ना ग्राहकहरूको लागि उत्कृष्ट बिक्रीपछिको सेवा प्रदान गर्ने प्रतिबद्धता पुनः दोहोर्याएको छ। यसरी कम्पनीले १ सयभन्दा बढी स्पेयर पार्ट्सहरूको मूल्य औसत ३० प्रतिशतले घटाएर एमजीका सबै ग्राहकहरूलाई सस्तो र सहज सेवा उपलब्ध गराउने घोषणा गरेको हो।
विश्वास र गुणस्तरमा आधारित ब्रान्डको रूपमा एमजी मोटर्स नेपालले आफ्ना ग्राहकहरूको बढ्दो अपेक्षा सहज र किफायती स्वामित्व अनुभव पूरा गर्ने प्रयास गर्दै आएको छ। यसै उद्देश्यका साथ पारामाउन्ट मोटर्सले आफ्नो लजिस्टिक्स प्रक्रिया पुनरावलोकन गरी एमजीको आपूर्ति श्रृंखलासँग समन्वय गरेर खर्च घटाएको छ र यसको फाइदा सीधा ग्राहकहरूलाई पुर्याएको छ।
यसैगरी एमजी मोटर्सले सेवा पहुँचलाई राष्ट्रव्यापी बनाउन निरन्तर लगानी गर्दै आएको छ। काठमाडौं उपत्यकामा ३ वटा पूर्ण सुविधायुक्त सेवा केन्द्र र देशभर फैलिएको डिलरसिप नेटवर्कमा १२ भन्दा बढी अतिरिक्त सेवा केन्द्रहरू को साथ कम्पनीले ग्राहकहरूलाई अद्वितीय सहजता र सहयोग प्रदान गर्दै आएको छ।
एमजीले अत्याधुनिक प्रविधि र विश्वसनीयतालाई संयोजन गर्दै ग्राहकहरूको हरेक यात्रालाई सहज सेवा र उत्कृष्ट मूल्य प्रदान गर्न प्रतिबद्ध छ। नेपाली बजारमा एमजीका जेडएस ईभी एमजी फोर कोमेट ईभी र केही महिनाअघिमात्र उत्कृष्ट नयाँ एमजी एस फाइभ उपलब्ध रहो छ।