काठमाडौं- मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ। सुनको मूल्य प्रतितोला एक हजार ७ सय र चाँदीको मूल्य प्रतितोला १० रूपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार सुनको मूल्य आज आइतबारका लागि प्रतितोला एक लाख ९३ हजार ५ सय रूपैयाँ तोकिएको छ।
यो साता सोमबार सुन प्रतितोला एक लाख ९५ हजार २ सय रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, सोमबार प्रतितोला दुई हजार एकसय ७० रूपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलबारका लागि प्रतितोला दुई हजार एकसय ६० रूपैयाँ तोकिएको छ।