बिहीबार , असार ४ गते २०८३    
बिहीबार , असार ४ २०८३

ग्लोबल आईएमई बैंकका ग्राहकलाई आईएमई हस्पिटालिटी र इला होटल एण्ड रिसोर्टका सेवामा १५ प्रतिशतसम्म छुट

सोमबार, असार ९ २०८२
ग्लोबल आईएमई बैंकका ग्राहकलाई आईएमई हस्पिटालिटी र इला होटल एण्ड रिसोर्टका सेवामा १५ प्रतिशतसम्म छुट

आईएमई समूहको लगानीमा देशका विभिन्न स्थानहरुमा सुविधासम्पन्न होटल तथा रिसोर्टहरु सञ्चालन भइरहेको छ।

काठमाडौं- ग्लोबल आईएमई बैंकका ग्राहकले आईएमई हस्पिटालिटी र इला होटल एण्ड रिसोर्टमा विशेष छुट पाउने भएका छन्।

ग्लोबल आईएमई बैंक र आईएमई हस्पिटालिटी तथा इला कम्फोर्ट एण्ड रिसोर्ट प्रालिबीच छुटसम्बन्धी समझदारी भएको हो। समझदारी पत्रमा बैंकका सहायक महाप्रबन्धक दिलिप पोखरेल र आईएमई हस्पिटालिटीका प्रमुख कार्यकारी अधिकृत प्रशन्न अधिकारीले हस्ताक्षर गरेका छन्।

समझदारीअनुसार ग्लोबल आईएमई बैंकका डेबिट तथा क्रेडिट कार्डवाहक एवम् बैंकको मोबाइल बैंकिङ ‘ग्लोबल स्मार्ट प्लस’ प्रयोगकर्ताहरुले आईएमई हस्पिटालिटीद्वारा सञ्चालित होटल तथा रिसोर्टहरुमा १५ प्रतिशत र मौलाकाली केबलकारको टिकटमा १० प्रतिशत छुट पाउनेछन्।

आईएमई समूहको लगानीमा देशका विभिन्न स्थानहरुमा सुविधासम्पन्न होटल तथा रिसोर्टहरु सञ्चालन भइरहेको छ।

काठमाडौंको होटल ले हिमालय लाजिम्पाट र साके एण्ड फेङ रेस्टुरेन्ट लाजिम्पाट, बागलुङको इला कम्फोर्ट, गैँडाकोटमा इला होटल एण्ड रिसोर्ट मौलाकाली र पोखराको लेकसाइट रिट्रिट आन्तरिक तथा अन्तर्राष्ट्रिय पर्यटकहरुको आरामदायी बसाइ र अविस्मरणीय अनुभवको लागि प्रख्यात छ।


प्रकाशित : सोमबार, असार ९ २०८२१८:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend