सोमबार, असार ९ गते २०८२    
सोमबार, असार ९ २०८२
images
images

बुटवल उपमहानगरको बजेट तीन अर्ब ३६ करोड, शिक्षा, स्वास्थ्य रोजगार, पर्यटन र कृषि क्षेत्र प्राथमिकतामा

images
सोमबार, असार ९ २०८२
images
images
बुटवल उपमहानगरको बजेट तीन अर्ब ३६ करोड, शिक्षा, स्वास्थ्य रोजगार, पर्यटन र कृषि क्षेत्र प्राथमिकतामा

जसमध्ये चालुतर्फ ४९ प्रतिशत र पुँजीगततर्फ ५१ प्रतिशत बजेट रहने अनुमान रहने गरिएकाे बजेटमा उल्लेख छ। बुटवलले आन्तरिक स्रोततर्फ आगामी आर्थिक वर्षमा ९५ करोड रुपैयाँ आय हुने अनुमान पेस गरेको छ।

images
images

लुम्बिनी- बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि तीन अर्ब ३६ करोड १३ लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। नगरसभाको १७औँ अधिवेशनअन्तर्गत साेमबार बसेको तेस्रो बैठकमा उपप्रमुख सावित्रादेवी अर्यालले आर्थिक वर्ष २०८२/८३ का लागि उक्त बजेट प्रस्तुत गरेकी हुन्। 

images
images
images

जसमध्ये चालुतर्फ ४९ प्रतिशत र पुँजीगततर्फ ५१ प्रतिशत बजेट रहने अनुमान रहने गरिएकाे बजेटमा उल्लेख छ। बुटवलले आन्तरिक स्रोततर्फ आगामी आर्थिक वर्षमा ९५ करोड रुपैयाँ आय हुने अनुमान पेस गरेको छ। साथै बजेटले शिक्षा, स्वास्थ्य रोजगार, पर्यटन र कृषिलाई विशेष प्राथमिकता दिएको छ।

images
images

‘कलेजमा अध्ययनरत विद्यार्थीलाई सहभागी गराई पढाइसँगै रोजगार सिर्जना गरौँ, युवालाई देशमै बस्ने परिस्थिति निर्माण गरौँ’ भन्ने उद्देश्यका साथ ट्राफिक व्यवस्थापनमा स्नातक र स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीलाई खटाउने कार्यक्रमलाई बुटवलले प्राथमिकता दिएको छ। जसका लागि ५० लाख रुपैयाँ व्यवस्था गरेको उपप्रमुख अर्यालले बताए।

images
images
images

यस्तै ‘बुटवलको सपना, निजी क्षेत्रसँगको सहकार्यमा बुटवलको समृद्धिको परिकल्पना’ भन्ने मर्मसहित निजी क्षेत्रसँग सहकार्य गरी कार्यक्रम सञ्चालनका लागि एक करोड विनियोजन गर्ने बजेट वक्तव्यमा उल्लेख छ। बुटवललाई पर्यटकीय विश्रामस्थलका रुपमा स्थापित गर्नका लागि पर्यटन प्रबर्द्धनका कार्यक्रम सञ्चालन गर्न ५० लाख र बुटवललाई सांस्कृतिक सहर बनाउनका लागि एक करोड १५ लाख छुट्याइएको छ।

विद्यालयहरुको सुधार र न्यूनतम मापदण्ड पूरा गर्नका लागि ६ करोड, कृषि सुधार कार्यक्रमअन्तर्गत बुटवलका किसान हाम्रो सान कार्यक्रमका लागि एक करोड, छात्राहरुलाई निःशुल्क अध्ययनको व्यवस्था मिलाउने कार्यक्रम छोरी पढाउ कार्यक्रमका लागि ५० लाख, विपन्न वर्गका बालबालिकाको पोसाक र शैक्षिक सुधारका लागि ३० लाख, सामुदायिक विद्यालयमा डिजिटल लर्निङ पोर्टल र कम्प्युटर शिक्षा सुधारका लागि एक करोड, स्थानीय पाठ्यक्रमलाई सुधार गर्ने कार्यका लागि ७० लाख रुपैयाँ बजेट छुट्याइएको छ।

यस्तै ज्येष्ठ नागरिक र असहायलाई घरदैलोमा स्वास्थ्य सेवा पुर्‍याउने कार्यक्रम बाआमासँग नगर प्रमुख कार्यक्रम सञ्चालनका लागि ९० लाख, महिलाहरुको पाठेघर, स्तन क्यान्सर, भिडियो एक्सरे र अन्य स्वास्थ्य परीक्षणका लागि ३० लाख, बुटवल १३ र १७ मा निर्माण भएका अस्पताल सञ्चालन तथा व्यवस्थापनका लागि ६० लाख रुपैयाँ विनियाेजन गरिएकाे छ।

नगरलाई सफा र स्वच्छ राख्न मेरो टोल म सफा गर्छु भन्ने कार्यक्रम सञ्चालनका लागि ७० लाख, झुम्सा खानेपानी बुटवलमा ल्याउनका लागि पाल्पाको तिनाउ गाउँपालिकाको मुहान क्षेत्रको विकासका लागि दुई करोड, गृहिणी महिलालाई रोजगारसँग जोड्ने कार्यक्रमका लागि तीन करोड, उद्यमी महिलाहरुका लागि ७० लाख, दलित समुदायका परम्परागत पेशालाई सीप विकास केन्द्रका रुपमा सञ्चालन गर्न ८५ लाख छ्ट्याइएकाे छ।

बुटवल क्षेत्रको मुख्य सडक र भित्री सडकहरुलाई हरियाली बनाउँदै सौन्दर्यीकरण गर्न तीन करोड, जितगढी किल्ला नजिकै आरती केन्द्र निर्माणका लागि पाँच करोड र गौशाला व्यवस्थापनका लागि एक करोड बजेट विनियोजन भएको उपप्रमुख अर्यालले बताए। किसानहरुका समूहलाई उपकरण खरिदमा अनुदान दिनका लागि एक करोड, दुग्ध उत्पादक किसानहरुलाई प्रोत्साहनस्वरुप अनुदान दिनका लागि ५० लाख, कालिकापथ, अमरपथ र ट्राफिक चोकमा रात्रीकालीन बजार सञ्चालनका लागि ५० लाख रुपैयाँ राखिएकाे छ।

यस्तै अव्यवस्थित बसोबास र सुकुम्बासी क्षेत्रको नापजाँचको व्यवस्थापनका लागि एक करोड ५० लाख, पुनः नापी गर्नका लागि दुई करोड विनियोजन भएको छ। बुटवलले यसअघि शिक्षा स्वास्थ्य रोजगार पर्यटन र कृषिलाई विशेष प्राथमिकता दिँदै नीति तथा कार्यक्रम प्रस्तुत गरेको थियो। नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख खेलराज पाण्डेयले शिक्षा स्वास्थ्य रोजगार पर्यटन र कृषिलाई प्राथमिकता दिएर नीति बनाएको बताएका थिए।

उनले जनशक्ति उत्पादन र खपतमा जोड दिँदै पढाइसँगै रोजगार कार्यक्रम र ४० जना छात्राहरुलाई निःशुल्क प्राविधिक शिक्षा अध्ययनको व्यवस्था गर्ने कार्यक्रम सञ्चालन गर्ने बताए। ‘घुमौँ बुटवल’ भन्ने अभियानअन्तर्गत बुटवल भ्रमण वर्ष घोषणा गरी आन्तरिक र बाह्य पर्यटकको आगमनलाई वृद्धि गर्नका लागि अभियान सञ्चालन गर्ने प्रमुख पाण्डेयले बताए। रासस


प्रकाशित : सोमबार, असार ९ २०८२१८:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend