सोमबार, असार ९ गते २०८२    
सोमबार, असार ९ २०८२
images
images

वर्षा बढेसँगै सवारीसाधन सञ्चालनमा निगरानी र खाद्यन्नको जोहो गर्न विपद् प्राधिकरणको आग्रह

images
सोमबार, असार ९ २०८२
images
images
वर्षा बढेसँगै सवारीसाधन सञ्चालनमा निगरानी र खाद्यन्नको जोहो गर्न विपद् प्राधिकरणको आग्रह

मनसुन प्रतिकार्य कमाण्ड पोष्टको साेमबार बसेको दोस्रो बैठकमा सार्वजनिक निजी सवारीसाधन सञ्चालनमा आवश्यकता अनुसार रोक लगाउन ७७ वटै जिल्ला सुरक्षा समितिलाई निर्देशन दिन गृह मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरिएको हाे।

images
images

काठमाडौं- राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक निजी सवारीसाधन सञ्चालनमा आवश्यकता अनुसार रोक लगाउन पहल गरेकाे छ। मनसुन प्रतिकार्य कमाण्ड पोष्टको साेमबार बसेको दोस्रो बैठकमा सार्वजनिक निजी सवारीसाधन सञ्चालनमा आवश्यकता अनुसार रोक लगाउन ७७ वटै जिल्ला सुरक्षा समितिलाई निर्देशन दिन गृह मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरिएको हाे।

images
images
images

प्राधिकरणका कार्यकारी प्रमुख दिनेशप्रसाद भट्टले मनसुन अवधिभर भारी वर्षाका कारण आउन सक्ने बाढी, पहिरो, डुबानसमेतलाई दृष्टिगत गरी सम्भावित जोखिम रहेका क्षेत्र, नदी, खोला नाला र पानीको बहावसमेत उच्च हुनसक्ने राष्ट्रिय राजमार्ग, स्थानीय सडक सञ्जालहरूसमेतमा मौसम पूर्वानुमान र परिस्थितिसमेतको विचार गरी सवारीसाधनमा रोक लगाउन पहल गरिने बताए।

images
images

‘गत जेठ २८ गते बसेको मनसुन प्रतिकार्य कमाण्ड पोष्टको पहिलो बैठकको निर्णय कार्यान्वयन अवस्थाबारे छलफल तथा समिक्षा भएको र समिक्षाबाट मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८२ को कार्यान्वयनका लागि सबै निकायको एकीकृत र समन्वयात्मक प्रयास गर्नुपर्ने देखिएको छ’ उनले भने।

images
images
images

सबै निकायले मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८२ को प्रभावकारी कार्यान्वयन गरी सोको प्रगति मासिक रूपमा प्राधिकरणमा पठाउने निर्णय भएको छ।

सडक/राजमार्गमा बाढी, पहिरो, डुबान आदिका कारणले जुनसुकै बेला जुनसुकै स्थानमा अjरोध आउन सक्ने हुँदा सडक राजमार्ग तत्काल सञ्चालन गर्न आवश्यक पर्ने उपकरण २४सै घण्टा तयारी अवस्थामा राख्ने व्यवस्था गर्न सडक विभाग र सात सय ५३ वटै स्थानीय तहलाई अनुरोध गर्ने निर्णय गरिएको कार्यकारी प्रमुख भट्टले जानकारी दिए।

उनका अनुसार तत्काल उद्धार र राहतमा प्रयोग हुने न्यूनतम सामग्रीहरूसमेत तयारी अवस्थामा राख्न र विशेष अवस्थामा सडक अवरूद्ध भई सवारीसाधनहरू चल्न नसक्ने परिस्थितिमा कम्तिमा १५ दिनका लागि खाद्यान्न अभाव नहुने गरी व्यवस्था मिलाउन सात सय ५३ वटै स्थानीय तहलाई अनुरोध गर्ने निर्णय गरिएको छ। रासस


प्रकाशित : सोमबार, असार ९ २०८२१७:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend