सोमबार, असार ९ गते २०८२    
सोमबार, असार ९ २०८२
images
images

श्रीलंकामा सात करोड ६० लाख डलर बराबरको लागुऔषध बरामद

images
सोमबार, असार ९ २०८२
images
images
श्रीलंकामा सात करोड ६० लाख डलर बराबरको लागुऔषध बरामद

सार्वजनिक सुरक्षामन्त्री आनन्द विजेपालाले अधिकांश अवैध लागूऔषध अफगानिस्तान र पाकिस्तानबाट आएको र समुद्रीमार्गबाट टापुमा तस्करी भइरहेको बताए। उनले दुई करोड २० लाख जनसंख्या भएको देशमा अनुमानित चार लाख लागूऔषध दुर्व्यसनी रहेको बताए।

images
images

कोलम्बो- श्रीलंकाको लागूऔषध विरोधी अभियानले यस वर्ष सात करोड ६० लाख डलरको सडक मूल्य बराबरको तीन टन (६ हजार ६ सय पाउन्ड) भन्दा बढी अवैध लागूऔषध बरामद गरेको अधिकारीहरूले सोमबार बताएका छन्।

images
images
images

सार्वजनिक सुरक्षामन्त्री आनन्द विजेपालाले अधिकांश अवैध लागूऔषध अफगानिस्तान र पाकिस्तानबाट आएको र समुद्रीमार्गबाट टापुमा तस्करी भइरहेको बताए। उनले दुई करोड २० लाख जनसंख्या भएको देशमा अनुमानित चार लाख लागूऔषध दुर्व्यसनी रहेको बताए।

images
images

‘हामीले पत्ता लगाउने काम जारी राख्दै मागलाई घटाउन आवश्यक छ’ विजेपालाले कोलम्बोमा पत्रकारहरूलाई भने। जफत गरिएका लागूऔषधको मूल्य २३ अर्ब रुपैयाँ (सात करोड ६० लाख डलर) रहेको प्रहरी प्रमुख प्रियन्थ विरासुरियाले बताए। त्यो सन् २०२४ मा जफत गरिएको २८ अर्ब रुपैयाँ मूल्यको लागूऔषधको नजिक थियो।

images
images
images

विरासुरियाका अनुसार लागूऔषध कारोबार र तस्करी गरेको आरोपमा एक हजारभन्दा बढी मानिस पक्राउ परेका छन्।तीमध्ये एक ३८ वर्षीया थाई महिलालाई मे ३० मा कोलम्बो विमानस्थलमा करिब १० किलोग्राम (२२ पाउन्ड) कोकेन बोक्दा पक्राउ गरिएको थियो। श्रीलंकाको प्रवेश विन्दुमा यो लागूऔषधको सबैभन्दा ठूलो पत्ता लागेको मामिला हो।

गत महिना पनि बेलायत, भारत र थाइल्यान्डका अन्य तीन जनालाई करिब ६० किलोग्राम (एक सय ३२ पाउन्ड) सिन्थेटिक गाँजा तस्करी गर्ने प्रयासमा पक्राउ गरिएको थियो। कोकेनसहित पक्राउ परेकी थाई महिलासहित सबै चार संदिग्धलाई दोषी ठहरिएमा आजीवन कारावासको सजाय हुनसक्छ।

श्रीलंकाका अधिकारीहरूले पहिले देशको तटबाट ठूलो मात्रामा हेरोइन जफत गरेका छन्। यसले यो मुलुकलाई अन्य स्थानहरूका लागि निर्धारित लागूऔषधको ट्रान्जिट हबका रूपमा प्रयोग भइरहेको सुझाव दिन्छ। अक्टोबरमा श्रीलंकाको अदालतले १० जना इरानी पुरुषलाई हेरोइन तस्करीमा दोषी ठहर गरेपछि आजीवन कारावासको सजाय सुनाएको थियो।

श्रीलंकाको सबैभन्दा ठूलो एकल लागूऔषध जफत सन् २०१६ डिसेम्बरमा भएको थियो। त्यस समयमा भन्सार विभागले भारत जाने काठको ट्रान्ससिपमेन्ट कन्टेनरमा आठ सय किलोग्राम कोकेन फेला पारेको थियो। रासस


प्रकाशित : सोमबार, असार ९ २०८२१७:४०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend